headline 1गण्डकी

आँधीखोला गाउँपालिका,स्याङ्जाको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

रोसन लामिछाने द्वारा ५ असार २०७८, शनिबारमा प्रकाशित

आँधीखोला गाउँपालिका ,स्याङ्जाको गाउँसभामा गाउँपालिका अध्यक्ष श्री सुधिर कुमार पौड्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम

आँधीखोला गाउँपालिका
कृषि, स्याङ्जा
२०७८ सालअसार ५ गते

आदरणीय गाउँ सभा सदस्य ज्यू,

कोभिड-१९को महामारीका कारण मानव जाति माथि शताब्दीकै सबैभन्दा ठूलो संकटबाट सृजित असहज र चुनौतीपुर्ण अवस्थामा समग्र राष्ट्रमा एक गम्भीर विपत्ति आईपरेको विद्यमान परिस्थितिका बाबजुद यस आँधीखोला गाउँपालिकाको नबौ गाउँसभामा उपस्थित हुनु भएका उपाध्यक्ष ज्यू, सम्पूर्ण सभा सदस्यज्यूहरू,  प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारी मित्रहरू आँधीखोला गाउँपालिकाको यस गरिमामय नबौ गाउँ सभाको नीति तथा कार्यक्रम प्रस्तुतीकरण समारोहमा हार्दिक स्वागत एवं सम्मान व्यक्त गर्न चाहन्छु ।

विक्रम सम्बतको २०७६माघ महिनामा नेपालमा समेत कोभिड-19 को प्रकोप शुरु भई हाल दोस्रो लहरको जोखिमको महामारीले हाम्रो विकास र समृद्धिको यात्रालाई गम्भीर रूपमा प्रताडित गरेको छ ।यस विषम परिस्थितिलाई सामना गर्नका लागी रोकथाम, नियन्त्रण र उपचारका लागी गरिएको सार्थक प्रयासका बाबजुद ठूलो संख्यामा हाम्रा दाजुभाइ दिदिबहिनीहरुले ज्यान गुमाउनु परेको छ ।यस महामारीबाट मृत्यूबरण गर्नुहुने नेपालीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।मृतकका परिबारजनमा गहिरो समबेदना ब्यक्त्त गर्दछु ।संक्रमित बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।उक्त्त साझा तर अदृश्य दुश्मनका बिरुद्ध मानबजातिले जित्नैपर्ने यो युद्धमा समुदायबिचको ऐक्यबद्धता,सहकार्य, आत्मविश्वास सदैब उच्च रहदै जिबनरक्षार्थ खटिनुभएका सबै जनहरुप्रति सम्मान व्यक्त गर्दछु ।

त्यसैगरी यस अवसरमा म नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीविकाका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदहरुलाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछु ।  ति आन्दोलन हरुमा नेतृत्व गर्नुहुने अग्रज र योगदान गर्नुहुने सम्पूर्ण जनप्रति उच्च सम्मान व्यक्त गर्दछु ।आधुनिक नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पुनः स्मरण गर्न चाहान्छु ।

ऐतिहासिक जनआन्दोलनको जगमा स्थापना भएको संघिय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धि मार्फत हामीलाई दिगो शान्ति,स्थायित्व,बिकास,समृद्धि,सामाजिक न्याय र समाजबादतर्फ उन्मुख हुने आधार उपलब्ध गराएको छ। जनताका मुर्छित सपना उजागर भई उपलब्धीका रुपमा अपनत्व ग्रहण गर्न योग्य भएका छन । आमजनताका सपना साकार गर्न आतुर भएका सबै सरकारको ऐक्यबद्धताका कारण सम्मृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय संकल्प पुरा हुने दिशामा अगाडी बढेको छ ।  यो प्रणाली नेपाली जनताले छानेर पठाएका जनप्रतिनिधिले संस्थागत गरेको प्रणालीबाट लोकतन्त्रका सबै आधारभूत विशेषता सहितको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सर्वस्वीकार गरिएको संबिधान कार्यान्वयनमा रहेको छ। संविधानले सुनिश्चित गरेका प्रावधानहरुलाई अक्षरसः पालना गर्ने क्रममा जनताको मताधिकार मार्फत प्राप्त जनादेश बमोजिम आज हामी आँधीखोला गाउँपालिकामा स्थानीय सरकारको रुपमा रही नबौ गाँउसभा सम्म आईपुग्दा स्वच्छ ह्लदयका साथ आफ्नो कानुन आँफै बनाई सोको आफै कार्यान्वयन गर्ने लोकतन्त्रको उच्चतम अभ्यास गर्न पाइरहेका छौं ।

 

सार्वभौमसत्ता जनतामा निहित रहेको,जनता नै शक्तिका श्रोत हुन,जसको संबैधानिक दायित्वप्रतिको हाम्रो बफादारिता अवसर र चुनौती दुवै हो ।  तसर्थ आँधीखोला गाँउपालिकाले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतालाई आत्मसात गरी सामाजिक एवं सांस्कृतिक ,समानता र सहिष्णुतामा आधारित समाजको निर्माण गर्ने संकल्प गर्दै नेपालको संविधानको मूल मर्म बमोजिम शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न सहकार्य, समन्वय र सह-अस्तित्वका आधारमा संघीय सरकार , प्रदेश सरकार तथा अन्य स्थानीय तहहरुसँग विकासका लागि हामीले जनतासँग गरेका प्रतिवद्दता अनुरुप समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई हासिल गर्ने दायित्वमा हाम्रो पूर्ण प्रतिबद्धता रहनेछ ।

स्थानीय सरकारको दृष्टिकोण स्पष्ट छ, गन्तव्य निश्चित छ, लक्ष्यहरु निर्धारित छन्, नीति तथा कार्यक्रम जनमुखी छन्, कार्यान्वयन परिणाममुखी छ। स्थानिय श्रोत र साधनको उच्चतम प्रयोग गर्दै आँधिखोला गाँउपालिकाको बहुआयामिक बिकास गर्नु हाम्रो प्रमुख दायित्वको रुपमा रहेको छ ।जनतामा विकास प्रतिको तीव्र चाहना, जनप्रतिनिधिमार्फत स्थानीय तहमा नै सहभागिता, जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्वको अभ्यास भई स्थानीय सरकारले आफ्नो कार्यकालमा प्रस्तुत गरेका लक्ष्य र प्रतिवद्दताहरु क्रमैसँग कार्यान्वयन हुँदै आएका छन् । प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्दा कोभिड-19 को महामारीबाट सृजना भएको बिषम परिस्थितिबाट समग्र आर्थिक-सामाजिक पक्षमा परेको चुनौतिलाई सम्बोधन गर्दै आँधिखोला गाँउपालिकाको विकासको आवश्यकता,  नेपाल सरकार, प्रदेश सरकारले अबलम्बन गरेका दिगो बिकासका लक्ष्यहरु र संबिधानको अनुसूचीमा स्थानीय तहलाई प्राप्त अधिकारलाई प्रमुख पथप्रदर्शनको रुपमा अंगालेको छु।जनताले आफ्ना आवश्यकताहरुलाई सम्बोधन गर्ने योजनाहरु आफ्नै सहभागितामा छनौट गर्न सकुन भन्ने उद्देश्यले जिल्लाभर भएको निशेधाज्ञाको बाबजुद सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको अवधारणा अनुरुप नेपालको संबिधान,चुनाबी घोषणापत्र,पन्ध्रौ योजना,राष्ट्रिय योजना आयोगबाट प्राप्त मार्गदर्शन सहित स्थानीय तहका गाउँ, बस्ती, टोल हुँदै वडा समिति र विषयगत समितिहरुको बैठक, राजनीतिक दल लगायत अन्य सरोकारवालाहरु संग छलफल र अन्तरक्रिया गरी प्राप्त सुझावहरुको आधारमा वृहत छलफल पश्चात कार्यपालिकाले स्वीकृत गरी समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय संकल्पलाई आत्मसाथ गर्दै सो संकल्प पुरा गर्नका निमित्त नेपालको राज्य शक्तिको प्रयोग गर्ने एक शासकीय तहको हैसियतले आँधिखोला गाउँपालिकाको यस गरिमामय नबौ गाउँसभामा आ.व.०७८।७९ को वार्षिक नीति तथा कार्यक्रम घोषणा गर्न पाउँदा म निकै हर्षित एवं गौरवान्वित छु ।

 

आदरणीय गाउँसभा सदस्य ज्युहरु,

 

अब म गत वर्षको संक्षिप्त समिक्षा गर्न चाहन्छु

  • कोभिड-19 को रोकथाम र नियन्त्रणका लागि आँधिखोला गाउँपालिकाले संघिय सरकार, गण्डकी प्रदेश सरकार र अन्य स्थानीय तहको समन्वयमा शुरुदेखि नै सशक्त रुपमा क्रियाशील रही संघिय, प्रादेशिक सरकारसँगको समन्वयमा महमारीसँग जुध्न गाउँपालिकाले भारत लगायत बाह्य मुलुकबाट आएका गाउँपालिकाबासीका लागि वडा न ५ सेतिदोभानमा कोभिड-19 अस्थायी अस्पतालको स्थापना गरी बन्दोबस्ती सहितको क्वारेन्टिन, आइसोलेसनको व्यावस्था गरेको छ भने दोस्रो भेरियन्टको कोरोना नियन्त्रण र उपचारका लागि १९ वटा वेड सहितको अक्सिजन पाईपलाईन जडित सुविधासम्पन्न आइसोलेसनको व्यावस्था गरिएको छ ।
  • कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्टको समयमा संभावित संक्रमणको स्थानहरुमा ४५ जनाको पि सि आर र १०० जनाको एन्टिजेन परीक्षण गरी समक्रमितको मनोबल उच्च राख्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुको संलग्नतामा जनस्वास्थ्यका औषधी एवं आयुर्वेदका औषधी सहितको प्याकेट वितरणका साथै सुचनामुलक सन्देश मास्क, पन्जा, सेनिटाईजर घर घरमा वितरण गरिएको छ ।साथै कोभिड-19 अस्थायी अस्पतालको आईसोलेसन सेवाको लागि अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याईएको छ ।
  • कोरोना संक्रमण, प्राकृतिक प्रकोप लगायत आम जनताको स्वास्थ्य सुविधामा संवेदनशिल र सचेत रही चौविसै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ । साथै प्रत्येक वडाहरुमा कोभिड-19 निगरानी समूह र द्रुत प्रतिकार्य टोली परिचालन भई महामारीलाई रोकथामको लागि सार्थक प्रयास गरिएको छ ।
  • कोरोना रोगका कारण रोजगार गुमाएका व्यक्तिहरूलाई खाद्यान्नका लागि रोजगारमा कार्यक्रम सञ्चालन गरिएको छ ।
  • गाउँपालिकाभित्र 23 महिनासम्मका बालबालिकाको निरन्तर खोप अभियानलाई दिगोपना कायम गरी खोप सुनिश्चितता कायम गरिएको र ६२ वर्ष माथिका उमेर समूहका लागि कोभिड बिरुद्दको खोप कार्यक्रम सञ्चालन गरिएको र अन्य नागरिकहरुलाई प्राप्त खोपका आधारमा पुर्णखोप सुनिश्चिततातर्फ काम अगाडि बढाईएको छ ।
  • १० शैय्याको आँधिखोला गाउँपालिकास्तरीय अस्पताल संघिय सरकारसँगको साझेदारीमा सम्पुर्ण खरिद प्रकृया सम्पन्न गरी हाल निर्माणाधिन अवस्थामा रहेको छ ।
  • विचारीचौतारा स्वास्थ्य चौकीको भवन निर्माण कार्य सम्पन्न भई सेवा प्रवाह समेत सुचारु भएको छ भने बाङसिङ स्वास्थ्य चौकी निर्माण सम्पन्नताको चरणमा रहेको छ ।
  • पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा रहेको छ । साथै गाउँपालिकाभर आधारभूत स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत श्रवणकुमार ज्येष्ठ नागरिक गाउँघर क्लिनिक खोप सेवा, परिवार नियोजन लगायतका स्वास्थ्य सेवाका प्रवर्धनात्मक कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिएको छ ।
  • आँधीखोला गाउँपालिकाको अनुरोधलाई स्वीकार गरी नेपाल सरकारले धार्मिक एवं पर्याटकीय स्थल अन्धाअन्धी क्षेत्रको लागी स्वदेश विदेशमा प्रचार प्रसार होस भन्ने उद्देश्यले अन्धाअन्धी चित्रांकित हुलाक टिकटको प्रकाशनको निर्णय गरेको छ ।साथै आँधिखोला गाँउपालिकाको सिमाना बिन्दुमा आँधिखोला प्रबेशद्धार निर्माणको कार्य सम्पन्नताको चरणमा रहेको छ ।
  • विनियोजन ऐन,2077 आर्थिक ऐन, 2077 जलचर संरक्षण ऐन,2077 टेम्पो दर्ता कार्यविधि,2077 लगायतका 1३ वटा कानुनहरु स्वीकृत भई कार्यान्वयनमा आएका छन ।
  • संविधानद्वारा प्रत्याभूत एवं स्थानीय सरकार सञ्चालन ऐन,2074 को व्याख्या अनुसार स्थानीय तहलाई प्राप्त न्यायिक अधिकार अन्तर्गत न्यायिक समितिमा दर्ता हुन आएका 17 उजुरीमध्ये 16 वटाको न्यायसम्पादन गरी उजुरीको कारबाही किनारा लगाईएको छ ।
  • आँधीखोला गाउँपालिकाको बृहतर विकासका लागि दिगो विकासका लक्ष्य प्राप्तिका हेतुले आवधिक पञ्चबर्षीय योजना निर्माण सम्पन्न गरी आवधिक विकास योजना र बार्षिक विकास योजनाका बिचमा तादाम्यता ल्याउन मध्यकालिन खर्च संरचना निर्माण शुरु भएको छ ।
  • चालु आ.व. मा गाउँपालिकाले लिएको राजश्व सम्बन्धि नीति पुर्णरुपमा कार्यान्वयन भई राजश्व संकलन लक्ष्यको 94% प्रगति हासिल भएको छ भने बाकीँ राजश्व उठ्ने क्रममा रहेको छ ।
  • चालु आ.व. २०७७/०७८ मा वडास्तरीय र गाउँपालिका स्तरीय आयोजनाहरुको उपभोक्ता समिति गठन भइ उपभोक्ता समिति र टोल विकास सस्था का पदाधिकारीहरुलाई सबै वडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन ।
  • २०७८ जेष्ठ मसान्तसम्म सबै आयोजनाहरुको कार्यान्वयन प्रक्रिया अगाडी बढी 85% भौतिक र 62% वित्तिय प्रगति भएको छ ।
  • संघिय सरकारको लागत साझेदारीमा वडा न ४ अन्तर्गत सेपत- भर्स्याङ-देउराली पञ्चासे ग्रामिण सडकको बोलपत्र खरिद गरी निर्माण कार्य अगाडी बढेको छ ।
  • संघिय सरकारको बिशेष अनुदानको रुपमा प्राप्त वडा न १ मा रहेको दत्तेलोटे त्रिवेणी दलित बस्ती खानेपानी आयोजना बोलपत्र खरिद गरी निर्माण कार्य अगाडी बढेको छ ।
  • गण्डकी प्रदेश सरकारको पहलमा टुनिखोला ज्यामिरे सिमलचौर सिचाई आयोजना र प्रदेशकै कार्यक्रममा नुवार सिचाई आयोजना कार्यन्वयनका चरणमा रहेका छन ।
  • गण्डकी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सुबिधा सम्पन्न बहुउदेश्यीय सभा हल निर्माण सम्पन्नताको चरणमा रहेको छ ।
  • काठको पोल बिस्थापन गर्ने हाम्रो बिगत देखीको अभियानलाई यसै वर्ष सम्पन्न गरेका छौ ।
  • जनताको आवातजावात सहजता एवं भौगोलिक विकटतालाई कम गरी गत वर्ष २ र यस वर्ष २ वटा गरी कुल ४ वटा झोलुङ्गे पुल सम्पन्न भएका छन ।
  • आँधिखोला गाउँपालिकाका सबै वडा कार्यालयहरुको भवन निर्माण एवं स्तरोन्नति गर्ने क्रममा सबै वडा कार्यालय सम्पन्न भई २ नं वडा कार्यालयको निर्माण क्रमागत रुपमा अगाडि बढेको छ ।
  • एक घर एक धारा कार्यक्रम अन्तर्गत जनताको जीवनसँग जोडिएको शुद्ध खानेपानी सुविधाको लागि चालु आ.ब. मा थप ३१ वटा रिजर्वभ्वायर ट्याङ्की, 40 वटा ईन्टेक निर्माण भई 230 वटा धारा गरी कुल १०६१ वटा धारा निर्माण भइ 98 प्रतिशत जनतामा खानेपानी सुविधा पुगेको छ ।
  • आँधिखोला गाउँपालिकाको कृषि उत्पादन बढोत्तरी गर्नका लागि सञ्चालन गरेका ठुला, मझौला, साना सिचाई कुलो निर्माणका कार्यक्रम अन्तर्गत 74 वटा सिचाई कुलो अन्तर्गत कुल ५९४६ मिटर पक्की कुलो निर्माण भई 70 हेक्टर जमिनमा सिचाई सुविधा पुगेको छ ।
  • आँधीखोला गाउँपालिकाको आफ्नै भौतिक पूर्वाधारतर्फको लगानीमा कालोपत्रे सडक यस वर्ष 2.1 किमि थप भई 3.4 कि मि, ग्राभेल यस वर्ष थप 4 कि मि भई ८ कि मि, नयाँ ट्रयाक 2.5 कि.मी थप भई 12 कि मि र ढलान सडक 1.7 कि मि पुगेको छ साथै संघ र प्रदेश सरकारको लगानीमा आँधीखोला गाउँपालिका भित्र यस आर्थिक वर्षमा कुल २६ कि.मि कालोपत्रे गरी आँधीखोला गाउँपालिकाभित्र कुल ३०.४ कि.मि पक्की सडक निर्माण सम्पन्न भएको छ ।
  • बर्षायाममा अन्त्यसँगै चाडबाड र जनताको आवातजावातमा सहजताको लागि गाउँपालिकाभित्रको 60 कि मि सञ्जाल भित्र नियमित सडक सञ्चालनका लागि 27 कि मि मर्मत सञ्चालन व्यवस्थापन गरिएको छ ।
  • संघिय सरकार र आँधीखोला गाउँपालिकाको समन्वयमा पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको र सो प्रतिवेदनका आधारमा अन्धाअन्धी पर्यटकिय क्षेत्रको भौतिक पुर्वाधार निर्माणको काम शुरुवात गरिएको छ ।
  • आँधीखोला गाउँपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारका लागि रूपान्तरण पहल आयोजना अन्तर्गत ११० जना बेरोजगारहरूलाई कुल ५७०० दिनको रोजगारी दिई २८०० मिटर गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको छ ।
  • संघीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत 88 जना नागरिकसँग सुरक्षित नागरिक आवासको कार्यक्रमको सम्झौता गरी कार्यक्रम सम्पन्न भएका 22 घर धुरीलाई पहिलो किस्ता रकम निकासा गर्न शुरु गरिएको छ ।
  • भूमिहीन, दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको लागि आवश्यक तथ्याङ्क संकलन गरिएको छ ।
  • भूकम्पपछिको पुन निर्माण कार्यक्रम अन्तर्गत यस गाउँपालिकाका लाभग्राही मध्ये पहिलो किस्ता ८६९ जना, दोस्रो किस्ता ६१५  जना र तेस्रो किस्ता ४४८ जनाका लागि सेवा पुर्याएको छ भने बाँकी लाभ ग्राहीको रकम कार्य सम्पन्न प्रतिवेदनका आधारमा सञ्चालन भईराखेका छन ।
  • बाझो जमिन राख्ने प्रवृतिलाई निरुत्साहित गरी कृषि क्षेत्रमा समय र लागत घटाउन कृषि उत्पादन बढाउन कृषिमा यान्त्रीकरण प्रविधि भित्र्याउन ५०% अनुदानमा सबै वडाका किसानको मागमा हिले फाली सहितको १०७ वटा हाते ट्याक्टर (मिनि टिलर) वितरण भएका छन ।
  • आँधीखोला गाउँपालिकाको एक गाउँ एक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत वडा न. १ को दत्तेलोटे त्रिवेणी बस्ति र वडा नं ४ को श्रवणकुमार टोलमा ९००० किलोग्राम बर्षे आलुको बीउ सामुहिकरुपमा वितरण गरी कृषकको आयआर्जन बृद्दि र व्यवसायीकरण मा जोड दिइएको छ ।
  • आँधिखोला गाउँपालिकामा सलह किराको नियन्त्रणमार्फत बालीनालीको क्षति न्युनिकरण गर्नको लागि सलह किरा संकलन गरी ल्याउनेलाई प्रोत्साहन गर्ने निर्णयानुसार कृषकहरुबाट 373 किलोग्राम सलह किरा संकलन भई कृषकहरुलाई प्रोत्साहनस्वरुप प्रतिकेजी रु.300 का दरले कुल १ लाख ११ हजार ९ सय रुपैँया वितरण गरिएको छ ।
  • बाँदर नियन्त्रणको लागि गाउँपालिकाको प्रतिबद्धता अनुसार प्रत्येक टोल टोलमा एक/एक थान बाँदर धपाउने यन्त्र वितरण गरी बाँदर नियन्त्रण गर्ने प्रयास गरिएको छ ।
  • आँधीखोला गाउँपालिकामा कृषि उत्पादन बढाउन माटोको उर्वरा शक्ति बढाउनुपर्छ भन्ने तथ्यलाई बिचार गरी २०७७/१०/०४ देखी २०७७/१०/११ सम्म माटो परीक्षण सप्ताह घोषणा गरी सबै वडाका ६०१ वटा माटोको नमुना परीक्षण सम्पन्न गरिएको छ ।
  • मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी आय आर्जनका काम अगाडी बढाउन ५०% अनुदानमा टनेल स्टक्चर तयार भएका सबै वडाका २०१ वटा प्लास्टिक टनेल वितरण गरिएको छ ।
  • धानको उत्पादन बढाई चामल आयत कम गर्नका लागी नमुनाका रूपमा वडा न ५ सिम खेतमा चैते धान पकेट क्षेत्र तोकी रोपाई भएको छ ।
  • हरेक वर्ष विभिन्न बालीको बीउ खरिदमा ठूलो लगानी भएको तथ्यलाई मनन गरी गहुँको बीउ ३०० के जी ,मकै बीउ ८०० के जी र बर्खे धानको २१०० के जी बिउ वितरण गरिएको छ ।
  • विभिन्न किसिमका तरकारी एवं फलफूलका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्नका लागी गाउँपालिकामा नर्सरी स्थापना गरी ८००० कागतीका बिरुवा पोलीथिन ब्यागमा उत्पादन गरिएको छ।
  • आँधीखोलामा असला माछाको सम्भाव्यता अध्ययन गरी असला , गर्दि लगायतका स्थानीय जातका माछाको भुरा छोड्ने कार्यक्रम अन्तर्गत यस वर्ष 52 हजार माछाका भुरा छोडी पर्यावरणीय सन्तुलन कायम गर्दै आँधीखोलाको सौन्दर्यलाई अझ बढी गाढा बनाउने प्रयत्न गरिएको छ ।
  • चालू आर्थिक वर्षमा मासुमा आत्मनिर्भर बनाउन सम्भाव्यताका आधारमा वडा नं 1 र 3 मा बाख्रा पकेट गाउँ सञ्चालन गर्न गाउँपालिका र कृषकको लागत साझेदारीमा बाख्रा प्रवर्धन एवं समूहमा बाख्रापालन समूहलाई अभिवृद्धि गर्न बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
  • दूधमा आत्मनिर्भर बनाउन किसानको संयुक्त लगानीमा भैँसी प्रवर्धन कार्यक्रम सहित कृत्रिम गर्भाधान, भकारो सुधार कार्यक्रम सञ्चालन गरिएका छन् ।
  • पशु स्वास्थ्य सेवामा जनतालाई सहज बनाउन बाह्य एवं आन्तरिक परजीवी नियन्त्रणका लागि स्वास्थ्य परीक्षण जाँच एवं निःशुल्क औषधी वितरणका काम निरन्तर सञ्चालनमा रहेका छन् ।
  • हिउँदको सुक्खा समयमा हरियो, पोसिलो घाँस उत्पादन गरी वितरणका लागि 50 प्रतिशत अनुदानमा जै घाँसको बीउ वितरण एवं बर्षायाममा विभिन्न डाले घाँसका बीउ वितरण गरिएको छ ।
  • आँधीखोला गाउँपालिकाले जनस्वास्थ्यको सहजीकरण लागि सबै वडाहरूमा स्वास्थ्य संस्थाहरू मार्फत स्वास्थ्य सेवा व्यवस्थापन गर्दै आइरहेकोमा यस वर्ष वडा नं. २ को चिलाउनेबासमा प्राकृतिक चिकित्सा सेवामार्फत आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण र प्रवर्धनका लागि नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरि प्राकृतिक चिकित्सा प्रतिको हाम्रो प्रतिबद्धतालाई सार्थक तुल्याइएको छ ।
  • संघीय सरकारले सशर्त र गाउँपालिकाको अनुदान रकमबाट सबै स्वास्थ्य चौकीहरूमा बाह्रै महिना स्वास्थ्य परीक्षण एवं तोकिएका ३५ किसिमका औषधीहरू निःशुल्क वितरण भइराखेका छन् ।
  • स्वास्थ्यशिक्षा प्रवर्धनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहनका लागि मासिक रिपोर्टिङ गर्न आउँदा, फर्कदाको भाडा रकम गाउँपालिकाबाट उपलब्ध गराइएको छ ।
  • आर्थिक वर्ष 2076/77 को आन्तरिक र अन्तिम लेखापरीक्षण कार्य सम्पन्न भइसकेको छ ।
  • उत्पादनसँग विद्यार्थी विद्यार्थीसँग अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका कक्षा ६ देखि 12 सम्मका विद्यार्थीहरूका लागि प्रति विद्यार्थी ५ वटाका दरले 16 हजार एभोगार्डोका बिरुवा वितरण गरिएको छ ।
  • आँधीखोला गाउँपालिकाभित्रका आधारभूत तह सञ्चालन भएका 14 वटा विद्यालयमा आई सि टी को प्रयोग बढाउन कम्प्युटर प्रिन्टर लगायतका सामाग्रीहरू खरिद गरी वितरण गरिएको छ ।
  • गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुदृढीकरण अन्तर्गत माध्यमिक विद्यालयको लागि २ वटा ICT कार्यक्रम, ३ वटा पुस्तकालय सञ्चालन तथा व्यवस्थापन र २ वटा विज्ञान प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
  • विद्यालय पुनर्निमाण तथा भौतिक पूर्वाधार अन्तर्गत 10 वटा विद्यालयका 41 कक्षा कोठाको निर्माण सम्पन्नको चरणमा रहेका, 5 वटा अपाङ्ग मैत्री शौचालय, २ वटा WASH सुविधा सहितको शौचालयको निर्माण सम्पन्न भएको, २ वटा विद्यालयमा घेराबारको काम सम्पन्न भएको र २ वटा विद्यालयमा खानेपानीको निर्माण कार्य सम्पन्नको चरणमा रहेको छ ।
  • सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययनरत छात्रा विद्यालयमा अनुपस्थित हुने दरमा कमी ल्याउन विभिन्न विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूको लागि महिनावारी सामग्री व्यवस्थापन अन्तर्गत भेण्डर मेसिन सहित निःशुल्क स्यानिटरी प्याड वितरणको काम सम्पन्न भएको छ।
  • प्रारम्भिक बाल विकास केन्द्र देखि कक्षा ५ सम्मका १५६५ विद्यार्थीहरूका लागि अध्यक्षसँग शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पाठ्यपुस्तक निःशुल्क वितरण गरिएको छ ।
  • एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली IEMIS प्रणालीको प्रयोग गरी आधारभूत तह कक्षा ८ को परीक्षा संचालन तथा व्यवस्थापन गरिएको छ ।
  • स्वीकृत गुरुयोजना अनुसार नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षको सुधारको निमित्त कार्यक्रम सञ्चालन भएको छ ।
  • नमुना विद्यालयमा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्रि-शहीद माध्यमिक विद्यालयमा १ छात्रावास निर्माणाधिन अवस्थामा रहेको छ ।
  • प्रारम्भिक वाल विकास केन्द्र सहज कर्ताको लागि प्रोत्साहन अनुदान उपलब्ध गराइएको छ ।
  • २०७७ वैशाख देखी चैत्र मसान्त सम्ममा जन्म दर्ता ६१७, विवाह दर्ता १८० दम्पती, बसाई सराई दर्ता १९४ सम्बन्ध विच्छेद दर्ता ८ गरी १०७५ घटना दर्ताका विवरणहरू अनलाइन मार्फत पञ्जीकरणका काम सम्पन्न भएका छन् ।
  • कोरोना समक्रमणका समयमा भीडभाड हुने तथ्यलाई मनन गरी जनप्रतिनिधि र कर्मचारीको अगुवाईमा चेक संकलन गरी घर घरमा पुगी सबै प्रकारका लाभग्राही प्रथम चौमासिक २९१७ जनाको २३९0४५८१(दुई करोड उनन्चालीस लाख चार हजार पाँच सय एकासी रुपैयाँ ) र दोस्रो चौमासिक ३११४ लाभग्राहीहरुको २६८८९५२४ (२ करोड ६८ लाख ८९ हजार पाँच सय २४ रुपैँया) वितरण गरिएको छ भने तेस्रो तथा अन्तिम चौमासिक रकम लाभग्राहीको खातामा फरवार्ड फिड प्रणाली मार्फत बैकमा जम्मा हुने प्रक्रियामा रहेको छ ।
  • राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विकास गरेको व्यक्तिगत घटना दर्ता किताब डिजिटाईजेसन सफ्टवेयरमा स्क्यान गरी डिजिटाईज गर्ने क्रममा १०० वटा किताबहरुमा रहेका जन्म दर्ताका २१०८४, मृत्यु दर्ताका ३८७५, सम्बन्ध विच्छेदका ४६, बसाईसराईका १७१० र विवाह दर्ताका ७३८२ गरी जम्मा ३४०९७ घटना दर्ता विवरणहरु सिष्टममा प्रविष्ट गर्ने काम सम्पन्न भएको छ ।
  • आँधीखोला गाउँपालिकाका सबै वडाका जनताहरुको सुविधाका लागि २०७८ बैसाख १ देखी २१ गतेसम्म ६ वटै वडाका १८ स्थानमा व्याक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर संचालन सम्पन्न गरिएको छ ।
  • 60 वर्षमाथिका नागरिकका लागि कार्यविधि तयार गरी ज्येष्ठ नागरिक परिचयपत्र एवं अपाङ्ग फरक क्षमता भएका नागरिकको पहिचान, सुविधाका लागि कार्यविधि तयार गरी क, ख, ग, घ बर्गका अपाङ्ग परिचय पत्र वितरणका काम दैमासिक रुपमा निरन्तर सञ्चालनमा रहेका छन ।
  • लघुउद्यम विकास कार्यक्रम अन्तर्गत स्वरोजगारी सृजना गर्नका लागि वडा नं 2 र 5 मा 1२८ जनालाई उद्यम विकासको अभिमुखीकरण गरी रोजेको पेशा अनुसार व्युटी पार्लर एवं सिलाई कटाई तालिम सञ्चालन भएका छन् ।
  • गाउँपालिकामा भएका सम्पूर्ण अभिलेखहरू डिजिटल प्रविधिमा राखिनुका साथै अनलाइन माध्यमबाट राजश्व संकलन, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, जिन्सी व्यवस्थापन, योजना व्यवस्थापन, लेखा व्यवस्थापन लगायतका कार्यहरू कम्प्युटिकृत भएका छन् ।

 

आदरणीय सदस्य ज्यूहरू,

अब म नबौ गाउँ सभामा प्रस्तुत आगामी आ.ब. २०७८।०७९ को बजेट तथा कार्यक्रमहरू निर्माण गर्नका लागि æकृषि, पर्यटन समुन्नत आँधीखोला गाउँपालिकाको आधार, सेवा, विकास, सुशासन र सम्बृद्धि नै हाम्रो कार्यभारÆ भन्ने मूल नाराका साथ गाउँको संबृद्धि तर्फको यात्रालाई अगाडि बढाउने सोचका साथ निम्न क्षेत्र गत नीतिहरू जारी गरिएको व्यहोरा प्रस्तुत गर्न चाहन्छु ।

स्पष्टोक्ति

निम्न उल्लेखित क्षेत्रगत नीतिहरु गाउँपालिकाले सञ्चालन गर्दा कार्यक्रम कार्यतालिका बनाई कार्यान्वयन गर्नेछ । गाउँपालिकाको आर्थिक र सामाजिक विकासको क्षेत्रमा मार्गदर्शनको रुपमा रहेका यी क्षेत्रगत नीतिहरु गाउँपालिकाको आन्तरिक एवं बाह्य स्रोतको पर्याप्तताको आधारमा क्रमशः कार्यान्वयन गर्दे लगिनेछ । साथै यी क्षेत्रगत नीतिहरु कार्यान्वयन नभएको भनी कुनै अड्डा अदालतमा उजुर बाजुर लाग्ने छैन ।

 

 

आँधिखोला गाउँपालिकाको आ.ब. २०७8।०७९ को

लागि अबलम्बन गर्ने क्षेत्रगत नीतिहरु

  • आर्थिक विकास
  • कृषि
  1. कोभिड-१९ जस्ता विविध महामारीबाट पर्न सक्ने संभावित खाद्यसंकट तथा बेरोजगारी समस्या समाधान गर्दै कृषकको जिवनस्तरलाई समुन्नत बनाउनको लागि कृषिमा बिबिधिकरण, ब्यवसायीकरण, आधुनिकिकरण र ‌औद्योगिकिकरणको नीति अबलम्बन गरिनेछ।
  2. राष्ट्रिय र स्थानिय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने वाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम लाई आँधीखोला गाउँपालिकाको कृषि तथा पशु पालनको संभाव्यता अध्ययन प्रतिवेदनको आधारमा संचालनमा ल्याइनेछ । साथै प्राथमिकताको आधारमा सुन्तला पकेट कार्यक्रम, किवी पकेट विकास कार्यक्रम संचालन गरिनेछ ।
  3. निर्वाहमुखि कृषि प्रणालीबाट व्यवसायिकतातर्फ उन्मुख गराउन कृषकलाई मौरीपालन, च्याउको विउ, उन्नत तरकारीको विउ, फलफूलको विरुवा, प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, माछाको भुरा, आधुनिक कृषि औजार तथा उपकरण आदिमा निश्चित प्रतिशत अनुदान दिई पौरखी किसान र कृषक समूहलाई प्रोत्साहन गरीनेछ ।
  4. कृषकको खेत बारीमा उब्जेका कृषि उपजहरूलाई हरेक वडामा संकलन केन्द्र बनाइ कृषि एम्बुलेन्स मार्फत बजारीकरणको व्यवस्था गरिनेछ ।
  5. चैते धानको उत्पादकत्व वृद्दि गर्नका लागि चैते धान हुने क्षेत्रमा आवश्यकता अनुसार सह लगानीमा सिँचाई सुविधाको पर्याप्त रुपमा विकास गरिनेछ ।
  6. विभिन्न बालीमा लाग्ने फौजि किरा,सलह किरा तथा विभिन्न रोगका कारण उत्पन्न हुने जोखिम न्युनिकरणका लागि बालीमा उपचार शिविर तथा आकस्मिक बाली उपचार शिविर कार्यक्रम सञ्चालन गरि कृषि उपजको संरक्षण गरीनेछ ।
  7. मसला बाली प्रबर्धन कार्यक्रम सञ्चालन गरी मसला उद्योग संचालनमा ल्याई मसला आयात गर्ने प्रबृतिलाई निरुत्साहित गर्ने नीति अबलम्बन गरिनेछ ।
  8. कृषकको यथार्थ विवरण संकलन गरी कृषि क्षेत्रको वैज्ञानिक अनुसन्धान मार्फत कृषि विकास रणनिति तयार गर्नको लागि कृषक दर्ता तथा व्यवस्थापन कार्यक्रम लाई प्रभावकारी ढङ्गले संचालन गरीनेछ ।
  9. उच्च महत्व भएका बालिहरुको (High Value Crops) मुल्य श्रृङ्खला अध्ययन गरी एक बृहत रिपोर्ट तयार गरी आगामी वर्षहरुमा कृषकहरुको मुनाफामा वृद्धि गरीनेछ।
  10. कृषि विकास रणनितिको उदेश्य अनुरुप किसान सूचिकरण, कृषि, पशुपंछी तथा मत्स्य तथ्याकं अध्यावधिक कार्यक्रम संचालनमा ल्याईनेछ ।
  11. गाउँपालिका क्षेत्र भित्रै तरकारी तथा फलफलुका बिरुवा उत्पादन गरी कृषकको घर दैलो सम्म पुर्याउने लक्ष्यका साथ मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  12. विगत वर्षमा जस्तै यस वर्ष पनि बाँदर नियन्त्रणको कार्यक्रमलाइ सघन ढंगले अगाडि बढाउन घर वरपर रहेका खेतियोग्य जमिनमा रहेका कु-काठहरुलाई हटाउँदै बाँदर नियन्त्रण कार्यलाई अगाडी बढाउने निति लिइएको छ ।
  13. कृषि क्षेत्रमा जग्गा बाझो राख्ने प्रबृतिलाई निरुत्साहित गर्दै बाँझो रहेको खेतियोग्य जग्गालाई खनजोत गरी उत्पादनयोग्य बनाई हावापानि सुहाउँदो तरकारी तथा फलफुल खेति गर्ने कृषकलाई प्रोत्साहन गर्न भुमि बैंकको स्थापना गर्न पहल गरिनेछ ।
  14. जग्गाको खण्डिकरणलाई निरुत्साहित गरी जग्गाको चक्लाबन्दि मार्फत सामूहिक खेति गर्न कृषकलाई प्रोत्साहित गरीनेछ ।
  15. कृषि क्षेत्रसँग जोडिएको प्राकृतिक तथा गैर प्राकृतिक जोखिमबाट कृषकलाई पर्न सक्ने हानीको प्रतिकारको लागि कृषि बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी कृषकलाई कृषि तथा पशु बिमा गर्न प्रोत्साहन गरिनेछ।
  16. मौरीबाट मह उत्पादन साथै मौरीको चाकाबाट मैनबत्ती बनाउने कार्यक्रमलाई पनि अगाडि बढाईनेछ ।
  17. चिस्यान केन्द्र, कृषि उपज बजार पुर्वाधार निर्माणको कार्य अगाडि बढाईनेछ ।
  18. कृषि उपजलाई सहज ढङगले विक्री वितरण गर्नको लागि हाटबजार,कृषि बजार र कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।
  19. माटोको अम्लियपन, क्षारीयपन तथा विविध सुष्म तत्वहरुको मात्रा परीक्षणगरी माटो सुधारको लागि सामाग्री तथा प्रविधि हस्तान्तरण गरिनेछ ।
  20. खाद्य तथा पोषण सुरक्षाको प्रमुख आधारका रुपमा रहेका तर गाउँपालिका क्षेत्र भित्र निकै कम खेति गरीने जौ, उवा, फापर, चिनो, कागुनो, लट्टे आदि स्थानिय बालिहरुको संरक्षणका लागि रैथाने बालि प्रवर्द्धन कार्यक्रम संचालनमा ल्याइनेछ र रैथाने बालिको बिउ संरक्षणका लागि सामुदायिक बिउ बैंक स्थापना गर्न पहल गरीनेछ।
  • पशुपंक्षीतर्फ

 

  • दूध तथा दुग्ध पदार्थको नियमित सेवन कोरोना विरुद्धको दीर्घ जीवन” भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थानीय कृषकहरूबाट उत्पादित दूध चिस्यान केन्द्र मार्फत बजारमा सहज पहुँच पुर्याउन पहल गरिनेछ।
  • दुध मिसन कार्यक्रम अन्तर्गत भैँसी प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • हामी सबैको सहकार्य र खोप भन्ने मुल नारालाई आत्मसाथ गर्दै विश्व रेविज दिवस अर्थात सेप्टेम्वर २८ मा संचालन हुने रेविज विरुद्ध खोप साथै अन्य खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालनमा ल्याईनेछ्।
  • गाउँपालिका भित्रका विभिन्न वडाहरूमा पशु स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न पशु स्वास्थ्य शिविर जस्ता कार्यक्रम संचालनमा ल्याईनेछ ।
  • पौष्टीक तत्वले भरीपुर्ण दूध,माछा, अण्डा तथा मासुमा आत्मनिर्भर बन्न कृषकहरुसँगको सहलगानीमा कुखुराका चल्ला वितरण,गाई,भैसीपालनपालन कार्यक्रम तथा बाख्राको पकेट विकास कार्यक्रम सथै कुखुराका गाई,भैसी ,बाख्रा पालन तालिम संचालनमा जोड दिदै आयातलाई प्रतिस्थापित गर्दै निर्यातमा प्रबर्धन गरिनेछ।
  • पालिका भित्र रहेका मासु व्यवसायीहरुलाई व्यवस्थित रुपमा संचालन गराउन चौमासिक रुपमा अनुगमन तथा मासु पसल सुधार जस्ता कार्यक्रम संचालनमा जोड दिईनेछ।
  • कृषकहरुको भकारोमा खेर गहिरहेको गोवर र गहुतबाट प्राङ्गारिक मल निर्माणको लागी कृषकहरुसँगको सहलगानीमा गोठ सुधार तथा मलखाद सुधार जस्ता कार्यक्रम संचालन गरिनेछ।
  • कृत्रिम गर्भाधान मिसन कार्यक्रम मार्फत नश्ल सुधार गरी दूध तथा मासु उत्पादनमा वृद्धि गरीनेछ।
  • पशुपालन व्यवसायलाई व्यवसाय उन्मुख गर्न उन्नत जातका घाँसको प्रवर्द्धनमा जोड दिईनेछ।
  • पशु बिमा सम्वन्धमा अभिमुखीकरण गरी पशुबिमाप्रति प्रोत्साहन गरिनेछ।
  • पशु स्वास्थ्य व्यवस्थापनको लागी आवश्यक ‍औषधिको खरिदलाई प्रभावकारी बनाईनेछ।
  • स्थानिय रैथाने जातका कालिज, बटाई, अष्ट्रिज, टर्की, कुखुरा, हाँस लाई प्रबर्धन गरिनुका साथै स्थानिय तथा उन्नत नश्लका गाई, भैसी, भेडा, बाख्रा तथा कुखुरा पालन गर्ने व्यवसायिक फार्म संचालन गरिरहेका कृषकहरुलाई पुरस्कृत तथा प्रोत्साहित गरिनेछ।
  • पशुपालन क्षेत्रमा पशुसेवा समितीहरु गठन गरी ती समितीलाई पशुसेवा कार्यक्रममा आवद्ध गराउन तालिम गोष्ठी जस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

 

  • सिंचाई

 

  • कृषि उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउन सिंचाई नपुगेका क्षेत्रलाई लक्षित गरी साना सिंचाई आयोजनाहरुलाई विशेष प्राथमिकताका साथ अगाडि बढाईने छ । साथै आवश्यकता अनुसार सहलगानीमा सिँचाई सुविधाको पर्याप्त रुपमा विकास गरिनेछ ।
  • जग्गा बाँझो हुन नदिई जमिनको उत्पादकत्वमा अभिवृद्दि गर्न गाउँपालिका भित्रका परम्परागत कुलाहरूलाई सह लगानीमा मर्मत तथा संभार गरी प्रयोगमा ल्याईने छ ।
  • कृषिको आधुनिकीकरण र व्यवसायिकरणका लागी आवश्यक सिँचाइ कुलो, लिफ्टिङ सिँचाई कुलाहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै अगाडि बढिनेछ।

 

  • सहकारी

 

  • सहकारी क्षेत्रको विकासलाई अगाडि बढाउन विभिन्न विषयगत संघ संस्था सँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
  • सहकारी व्यवसायलाई सदस्य केन्द्रित व्यवसायको रूपमा अगाडि बढाउन जोड दिइनेछ
  • गाउँपालिका र सहकारीको समन्वय, साझेदारीमा आय आर्जन र बचततर्फ उन्मुख गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
  • सहकारी संस्थाहरूसँग सहकार्य गरी व्यवसायिक किसानहरूलाई सर्व सुलभ दरमा ऋण उपलब्ध गराउन आवश्यक पहल गरिने छ ।
  • उद्यमशिलताको विकासका लागि कृषि उन्मुख तथा उत्पादनमुलक सहकारी संस्थाहरुलाई प्रवर्द्धन गर्न पहल गरिनेछ ।
  • महिला उद्यमीहरुको विकास गर्न लैगिक बिकास तथा सशक्त्तिकरण मार्फत महिला बिकासका लागि महिला सहकारी संस्था प्रवर्द्धनमा जोड दिईनेछ ।
  • सहकारी संस्थाहरुमा वित्तिय सुशासनलाई जोड दिदै अभिलेख प्रणालीलाई थप सुदृढीकरण गर्न कारोबारलाई सुचना प्रविधिमैत्री बनाउन जोड दिईनेछ ।
  • उद्योग/वाणिज्य/आपूर्ति

 

  • गरीबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • स्थानीय श्रोत साधन श्रम र सिपमा आधारित लघु उद्यमको विकास गरि आय आर्जन तथा स्वयं रोजगारीमा संलग्न हुने वातावरणको सिर्जना गरिनेछ ।
  • समूहगत रुपमा प्रविधिको हस्तान्तरण गरी प्रविधि हस्तान्तरणबाट गाउँपालिकाको विकास र समष्टिगत हितमा उपयोग गर्ने वातावरण तयार गरिनेछ।
  • सम्भाव्य उत्पादनको उत्पादकत्व र बजारमा प्रतिस्पर्धा बृद्दि गर्नको लागि समूहमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • आँधीखोला गाउँपालिका भित्रका सम्पुर्ण व्यवसायीहरुलाई एकिकृत गर्दै उद्योग व्यवसायीहरुको हित प्रर्द्धनार्थ संस्थागत संयन्त्र तयार गरिनेछ ।
  • स्थानीय स्तरमा उत्पादित बस्तु तथा सेवाको बजारीकरणलाई टेवा पुग्ने खालका क्रियाकलापहरु संचालन गर्न जोड दिईनेछ ।
  • गाउँपालिका स्तरीय उद्योग ग्राम तथा कृषिजन्य उद्योग स्थापना गर्ने प्रयत्न गरिनेछ ।
  • गुणस्तरहीन एवं म्याद नाघेका बस्तुहरुको बिक्री बितरणलाई रोक्न, एकाधिकार र कृत्रिम अभावको स्थिति रहन नदिन प्रभावकारी नियमन तथा अनुगमन गरी उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिईनेछ ।
  • गाउँपालिकाभित्र उत्पादन सम्भव भएका बस्तुहरु तथा सेवाको आयातलाई निरुत्साहित गरिनुका साथै आत्मसम्मानका साथ स्थानीय बस्तु तथा सेबाको प्रयोग गर्ने प्रवृतिलाई प्रोहत्साहित गरिनेछ ।
  • मसला बाली प्रबर्धन कार्यक्रम सञ्चालन गरी मसला उद्योग संचालनमा ल्याई मसला आयात गर्ने प्रबृतिलाई निरुत्साहित गर्ने नीति अबलम्बन गरिनेछ ।
  • पर्यटन /संस्कृति
  • कोभिड-19 को दोस्रो लहरका कारण पर्यटन क्षेत्रको विकासमा परेको प्रभावको अध्ययन गरी पुनरुत्थान लगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिनेछ।
  • पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनलाई टेवा पुर्याउन “जाउ है अन्धाअन्धी श्रवणकुमार अभियान” संचालन गरिनेछ ।
  • गाउँपालिका क्षेत्र भित्र रहेका पर्टकीय क्षेत्रहरुको अन्तरसम्बन्धलाई मजबुत बनाउन सिरुवारी – गोरुजुरे – अन्धाअन्धी – श्रवणकुमार – पंचासे पर्यटन रुट विकासको अवधारणालाई अगाडि बढाईने छ ।
  • गोरुजुरे पर्यटन पुर्वाधार निर्माणका लागि आवश्यक निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सेतिदोभान प्रहरी चौकीदेखि साधना गार्डेन जाने पदमार्ग र टावर निर्माणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिका क्षेत्र भित्र रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार गरी त्यस्ता ठाउँहरुमा अन्य निकायहरुका कर्मचारीहरुको पर्यटन काज कार्यक्रमलाई आकर्षित गरिनेछ ।
  • ट्रेकिङ पर्यटनलाई प्रोत्साहन गर्नका लागि डहरेको लेकलाई जंगल पार्कको रुपमा स्थापना गर्न प्रयत्न गरिनेछ ।
  • धार्मिक पर्यटनलाई व्यवस्थित गर्न आवश्यक प्रचारप्रसार गरिनेछ । साथै वृहत पर्यटन मेला सञ्चालन गरी पर्यटन प्रवर्दनलाई थप व्यवस्थित तुल्याईनेछ ।
  • स्थानीय भाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्धन गरिनेछ।
  • आँधीखोला गाउँपालिका भित्रका संभाव्य पर्यटकीय क्षेत्रहरुको जगेर्ना गर्दै भौतिक पुर्वाधारहरुको विकास मार्फत दिगो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ। साथै पर्यटन क्षेत्रलाई रोजगारीको सृजना गर्न सम्भाव्य क्षेत्रका रुपमा विकास गरिनेछ।
  • अन्धाअन्धी श्रवण कुमार बृहत्तर गुरुयोजना कार्यान्वयनका लागि आँधीखोला गाउँपालिकाले गौरवको योजनामा समावेश गरी कार्यक्रम अगाडि बढाउनेछ ।
  • सिरुवारी सामुदायिक होमस्टेको भौतिक पुर्वाधार निर्माणका लागि आवश्यक संस्थागत संरचनाको निर्माण गरिनेछ ।साथै होम स्टेको सेवा सुविधालाई प्रभावकारी बनाउन होमस्टेमा नियमित निरिक्षण तथा अनुगमन गरिनुका साथै होमस्टे सेवाको गुणस्तर सुधारका लागि प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरिनेछ ।साथै नयाँ स्थानमा होमस्टेको स्थापना गरी यसलाई विस्तार गर्दै लैजाने नीति लिईनेछ ।
  • गाउँपालिकाको केन्द्रदेखि गाउँपालिका भित्रका प्रमुख पर्यटकीय क्षेत्रहरुसम्म पुग्न सकिने पर्यटन मार्गहरुको निर्माण गरिनेछ ।
  • ऐतिहासिक र परम्परागत रुपमा रहेका मठ,मन्दिर,गुफा,कोट लगायतका सम्पदाहरुको संरक्षण र सम्बर्धन गरी पर्यटकिय गन्तब्यको रुपमा बिकास गरिनेछ ।
  • पर्यटन प्रवर्द्धनको लागि अन्धाअन्धी,श्रवणकुमार, सिरुवारी,गोरुजुरे, जुम्लीथाना, पञ्चासे, डहरे देउराली क्षेत्रलाई एकिकृत प्रचारप्रसारमा टेवा पुर्याउन वृहतर पर्यटन महोत्सब सञ्चालन गर्ने नीति लिईनेछ ।
  • सबै जातजाति, भेषभुषा, संस्कृतिको संरक्षण र पहिचानको लागि बहुजातीय संग्रहालय निर्माण गर्न प्रयत्न गरिनेछ ।

 

  • वातावरण तथा विपद व्यवस्थापन
  • बन
  • नाङ्गा डाँडाहरुमा वृक्षारोपण गरिनुका साथै सामुदायिक वन क्षेत्रमा चिराईतो, तेजपत्ता, अम्रिसो, कुरिलो, लप्सी, टिमुर, वेतवाँस जस्ता विभिन्न प्रजातिका रुखविरुवा एवं जडिबुटिलाई आधार मानी व्यवसायिक खेति प्रवर्द्धन गर्ने र सामुदायिक बन र निजी बनलाई गोडमेल तथा काँटछाँट गरी वन क्षेत्रमा रहेको गैरकाष्ठ बन पैदावरमा आधारित उद्यम विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप रोक्न मात्रै नभएर बनजङ्गलको संरक्षण तथा संवर्दन गर्दै वनलाई व्यवसायिकरण र बजारीकरणको रुपमा प्रवर्दन गरिनेछ।
  • सामुदायिक बनमा पर्या-पर्यटन प्रवर्द्धन गरिनेछ ।
  • बातावरण
  • अप्ठारो भारी बिसाउने चौतारीको नारालाई सार्थकता प्रदान गर्नका लागी गाउँपालिका भित्रका बर पिपल रहेका चौतारीको संरक्षण र विस्तार गर्ने नीति लिईनेछ ।
  • पारिस्थितिक प्रणाली लाई दिगो व्यवस्थापन गर्न मौजुदा तालतलैया, पोखरी, कुवाहरुको संरक्षण र विस्तार गर्ने नीति लिईनेछ ।साथै नबनिर्माणको कार्यक्रमलाई समेत प्राथमिकतामा राखि पोखरी पुर्नभरणको कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • प्राकृतिक वातावरणको संरक्षण, पुनस्थापना र दिगो उपयोगमा जोड दिइनेछ ।
  • वातावरण मैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउपालिकाभित्र सञ्चालन गरिने योजनालाई वातावरणमैत्री बनाइनेछ ।
  • जलबायु परिवर्तन अनुकुल सम्बन्धि कार्यक्रम सञ्चालन गरिनेछ।
  • जलचर प्रणाली र पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न आँधिखोलामा माछाका भुराहरु छोड्ने कार्यलाई निरन्तरता दिईनेछ ।

 

  • फाहोरमैला व्यवस्थापन
  • स्वच्छ आँधिखोला गाउँपालिका निर्माण अभियान अन्तर्गत फोहोरमैलाको दिगो र प्रभावकारी व्यवस्थापनका लागि आमा समूह, टोल विकास संस्था युवा क्लव र विद्यालयसँग सहकार्य गरिनेछ र फोहोरलाई कुहिने र नकुहिने गरी बर्गीकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरीनेछ ।
  • फोहोरमैलालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने व्यवसायलाई प्रोत्साहित गरिनेछ ।
  • फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साईटको व्यवस्था गरी आवश्यक पुर्वाधार तयार गर्न प्रयत्न गरिनेछ ।
  • बृहत आँधिखोला सरसफाई अभियान सञ्चालन गरिनेछ । साथै स्थानिय खोला,खोल्सीहरुको समुदायको अगुबाईमा बाताबरण स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।

घ. विपद व्यवस्थापन

  • कोरोना भाईरस(कोभिड-19) जस्तै महामारी तथा अन्य प्रकोप न्युनिकरणको बिषयलाई बिशेष महत्वका साथ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा कार्ययोजना बनाई व्यवस्थापन गरिनेछ ।
  • विपद व्यवस्थापन कोषलाई समृद्द बनाउनका लागि बैकल्पिक आम्दानीका श्रोतहरु खोजी गरिनेछ ।
  • बाढी, पहिरो, भूकम्प, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपत्तिमा आवश्यक पूर्वसावधानी अपनाउँदै राहत, उद्दार र पुर्नर्स्थापनाका कार्यक्रमलाई सञ्चालन गरी निरोधात्मक र उपचारात्मक उपायहरु प्रवर्दन गरिनेछ ।
  • मानवीय तथा जैविक विपत्तिका सन्दर्भमा आवश्यक भौतिक, संस्थागत लगायतका क्षेत्रको विकास तथा सुदृढिकरण गरिनेछ ।
  • विपदबाट सिर्जित विभिन्न जोखिमहरु व्यवस्थापन गर्न यसको मूल्यांकन गरी क्षतिपुर्तिको व्यवस्था गरिनेछ ।
  • जोखिमयुक्त क्षेत्रको पहिचान गरी बस्तीको सुरक्षित स्थानान्त गर्ने व्यवस्था गरिनेछ ।
  • आँधिखोला, सरादी खोला, बाढुङ्गे खोला लगायतका अन्य खोलाहरुमा तटबन्ध लगाई जोखिम नियन्त्रण गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • सामाजिक क्षेत्र  
  • शिक्षा
    1. शिक्षा क्षेत्रमा सकरात्मक, गुणात्मक, नतिजामुलक परिवर्तन गर्न विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत अध्यक्ष शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिनेछ जसअन्तर्गत सूचना प्रविधिको माध्यमद्वारा सिकाई, विद्युतिय हाजिरी, वालविकास केन्द्रको सुधार, शिक्षक तालिम, शिक्षक प्रोत्साहन, एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सुदृढीकरण, पाठ्यपुस्तक वितरण जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
    2. शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग, बजारलाई रोजगारी र आर्थिक विकाससँग जोड्नका लागि उत्पादनसँग विद्यार्थी विद्यार्थीसँग अध्यक्ष कार्यक्रमलाई निरन्तर गरिनेछ ।
    3. सामुदायिक विद्यालयमा अध्ययनरत किशोरि अवस्थाका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
    4. सम्पूर्ण विद्यालयमा योग्य सक्षम प्रतिस्पर्धी व्यवसायिक शिक्षकको व्यवस्थापन गर्दै उनीहरुको उत्प्रेणा पेशागत नैतिकता सक्षमता अभिवृद्धि गर्नुका साथै शिक्षकहरुको कार्यसम्पादनलाई विद्यार्थीको सिकाइ उपलब्धीसँग जोडिनेछ ।
    5. हाम्रो विद्यालय राम्रो विद्यालय निमार्णका निमित्त सम्बन्धित विद्यालय तथा सरोकारवालालाई स्वम् जिम्मेवार बनाउन प्रयत्न गरिनेछ ।
    6. शिक्षक दरबन्दी नभएका तथा न्यून दरबन्दी भएका माध्यमिक विद्यालयहरुका लागि अंग्रेजी गणित र विज्ञान विषयमा शिक्षण सहयोगका लागि आवश्यक व्यवस्था गरिनेछ । विद्यालय भवन निर्माण, सुरक्षित घेरावार, स्वाच्छ खानेपानी सुरक्षित खेलमैदान जस्ता पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
    7. सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अंगका रुपमा एकीकृत गर्दै शिक्षालाई प्रविधिमैत्री व्यवहारिक र नतिजामूलक बनाउने र अनलाइनमा आधारित एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीलाई सुदृढीकरण गरी विद्यालयहरुको सम्पूर्ण क्रियाकलाप एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा आवद्ध गराउईनेछ ।
    8. आवसीय विद्यालयको निर्माण र विद्यालय वस सञ्चालन गर्न प्रयत्न गरिनेछ ।
    9. परम्परागत धार्मिक विद्यालय अनुदान, निशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण र कार्यसम्पादनमा आधारित प्रोत्साहन जस्ता अनुदानलाई निरन्तरता दिइनेछ ।
    10. उच्च शिक्षा सञ्चालन भएका विद्यालयहरुलाई प्राविधिक शिक्षा सञ्चालनमा जोड दिइनेछ।
    11. विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशीलता, नैतिकता, श्रमको सम्मान, आत्मअनुशासन सामाजिक भावना र मर्यादा कायम गर्ने जस्ता विषयमा जनचेतना जगाउनको लागि युवाको आवाज सु-सभ्य समाज कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  • स्वास्थ्य
  • कोभिड-19 लगायत महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण र उपचारको कार्यहरुलाई थप प्रभावकारी बनाउन गाउँपालिका अन्तर्गत रहेका सवै अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पुर्वधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी क्रमशः सुधार गरिने छ र कोभिड-१९ संक्रमितको स्वास्थ्य उपचार लगायत सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।
  • कोभिड-19 विरुद्धको खोपमा गाउँपालिकाबासीको पहुँच पुर्याउन नेपाल सरकार तथा प्रदेश सरकारको समन्वयमा अनिवार्य रुपमा खोपको व्यवस्था गर्न पहल गरिनेछ ।
  • स्वस्थ गाउँपालिकाको निर्माणको लागि स्वास्थ्यमा सर्वव्यापी पहुँच (Universal Health coverage) को अवधारणा अनुरुप नियमित साथै महामारीजन्य रोगहरुको संन्दर्भमा पनि प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारत्मक, प्रशामक तथा रिफरल पद्धतिलाई अबलम्बन गर्दै थप व्यवस्थापन गर्दै लगिनेछ ।
  • सवै स्वास्थ्य संस्थाहरुबाट तोकिएबमोजिम निःशुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गरिनेछ ।
  • गुणस्तरीय औषधी तथा प्रविधिजन्य स्वास्थ्य सामाग्री, आपुर्ति, भण्डारण, वितरणलाई नियमन तथा प्रभावकारी व्यवस्थापन गर्दै समुचित प्रयोग सुनिश्चित गरिदै लगिने छ ।
  • खोप भवन मापदण्डअनुसारका क्रमशः बनाउने साथै बालबालिकालाई नेपाल सरकारबाट स्वीकृत खोपहरु पुर्ण रुपमा लगाई पुर्ण खोप सुनिश्चितता साथै दिगोपना कायम गरिने छ ।
  • गर्भवति महिलालाई पोषण परामर्श, आमाको स्तनपान गराउने लगायत बालबालिकाको लागि पोषण परामर्शलाई थप गुणस्तरिय बनाउदै गर्भवति महिलाहरुको लागि प्रत्येक महिना स्वास्थ्य संस्था गई गर्भजाँच गराउन प्रोत्साहन साथ अण्डा र क्याल्सियम चक्कि बितरण र उत्तर प्रसुति जाँच सेवाको लागि घर घरमानै गई जाँच गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका बासिको पोषण अवस्थालाई सुधार गर्न एक घर एक करेसावारी बनाइ पोषण प्रर्वदन गर्न प्रोत्साहन कार्यक्रम कृषि कार्यक्रमसँग समन्वय गरि अघि बढाइनेछ ।
  • सामान्य गर्भावस्था, उच्च जोखिम गर्भावस्था, सामान्य सुत्केरी, जटील सुत्केरी साथै सुत्केरी पश्चात ४२ दिनसम्मको पहिचान, परामर्श, प्रचलित उपचार पद्धति अनुसार व्यवस्थापन तथा प्रेषण गर्ने व्यवस्था मिलाइने छ ।
  • सवै स्वास्थ्य संस्थाहरुमा ५ वटै परिवार नियोजन सेवाको बिस्तार गर्दै सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषणको व्यवस्था हाल २ वटा संस्थामा रहेकोले १ संस्थामा सेवा विस्तार गरिने छ ।
  • प्रजनन स्वास्थ्य समस्या आङ खस्ने, फिस्टुलाको समस्या, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक जाँच, परामर्श तथा प्रेषण गर्ने व्यवस्था मिलाइनेछ ।
  • माध्यमिक बिद्यालयहरुमसँग समन्वय गरि किशोर किशोरीमैत्री सुचना तथा परामर्श सेवा, स्वास्थ्य सेवा वारेमा विभिन्न रचनात्मक कार्यहरु गरिनेछ ।
  • सरुवा रोग, कीटजन्य रोग, पशुपन्छीजन्य रोग, जलवायु परिवर्तन र अन्य रोग तथा महामारी नियन्त्रणलगायत विपद व्यवस्थापन पुर्वतयारी तथा प्रतिकार्य तिन वटै तहको सहकार्य अवलम्बन गर्दै प्रभावकारी कायम गरिने छ ।
  • प्रत्येक नागरिक जिम्मेवार रहने गरी नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न समुदायस्तर तथा स्वास्थ्य प्रणालीलाई थप व्यवस्थित गरी लगिने छ ।साथै नसर्ने रोगहरु तथा शारीरिक विकलाङंगता सम्बन्धि सेवाहरुको प्रारम्भिक निदान, परामर्श तथा प्रेषणको बिशेष व्यवस्था हुनेछ ।
  • मानसिक स्वास्थ्य समस्या, मदिरा तथा लागु प्रदार्थ दुर्ब्यसनको नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ साथै प्रारम्भिक निदान, लाक्षणिक उपचार, परामर्श तथा प्रेषण गर्ने व्यवस्था मिलाइनेछ
  • जेष्ठ नागरिकको सेवालाई स्वास्थ्य प्रबर्द्धन सेवा मार्फत श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रमलाई निरन्तर दिदै जेष्ठ नागरिक पोषण कार्यक्रम लागु गरिनेछ ।
  • मानसिक स्वास्थ्य, मुख, आँखा, नाक कान घाँटी स्वास्थ्य सेवा लगायतका उपचार सेवालाई विस्तार गरिदै लगिने छ ।
  • खोप, पोषण, परिवार योजना, गर्भपतन सेवा, प्रजनन समस्या तथा रोग, संक्रमण रोग, नर्सने रोग, मदिरा तथा दुर्वयसन जन्य, मानसिक रोगहरुको बारेमा जनचेतनामुलक सुचना तथा संचार सामाग्री/ व्यवहार परिवर्तन तथा परामर्श सेवामुलक कार्यक्रम संचालनमा ल्याइनेछ ।
  • गाउँपालिका अन्तर्गत वडा न २ मा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रलाई थप व्यवस्थापन र सुदृढिकरण गर्नु साथै उक्त केन्द्रलाई आयुर्वेद औषधालयमा स्तरउन्नती गर्न पहल गरिनेछ ।
  • योग तथा ध्यान आश्रम निर्माण तथा संचालनको लागि बिशेष पहल गरिनेछ ।
  • निःस्वार्थ रुपमा स्वयं सेवक भई दैनिक तथा मासिक स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई कार्यसम्पादन गर्न सहयोग पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई खाजा तथा यातायात खर्च स्वरुप नेपाल सरकारबाट दिने सुविद्यामा थप प्रोत्साहन गर्ने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • स्वास्थ्यकर्मी साथै नयाँ तथा पुराना स्वयंसेविकाहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ ।
  • प्रत्येक स्वयंसेविकाहरुलाई First Aid Box सहित औषधिहरु राख्ने व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकाबासिहरुको लागि उपचार सहायता कोषको स्थापना गरी उक्त कोषबाट विपन्न नागरिकको लागि केही रकम स्वास्थ्य उपचारमा सहयोग गरिनेछ ।
  • गाउँपालिका भित्र संचालनमा रहेका स्वास्थ्य संस्था, निजि क्लिनिक, फार्मेसिहरुको लागि अनुगमन समिति गठन गरि थप व्यवस्थित गर्न नियमन गरिनेछ ।साथै स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्बन्धी निर्देशिका जारी गरि कार्यान्वयनमा ल्याइनेछ ।
  • स्वास्थ्य संस्थाहरुको मासिक प्रगति बिवरण, औषधि तथा औषधिजन्य सामाग्रिको ब्यवस्थापन अभिलेख प्रणालिलाई अनलाईन प्रबिधिको प्रयोगमा ल्याइनेछ ।
  • गाउँपालिकास्तरिय १० शैया अस्पताल स्तरउन्नति कार्यलाई प्राथमिकत्तामा राखी भइरहेको भौतिक संरचना तथा मापदण्ड बाट स्वास्थ्य सेवा संचालन गर्ने ब्यवस्थापन गरिनेछ ।
  • प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्ड कायम राख्न पहल गरिने र प्रयोगशाला तथा वर्थिङ्ग सेन्टरहरुको स्तरउन्नती गरिनेछ ।
  • गाउँपालिकाबासिलाई बिमा सेवामा आबद्ध गराउन बिपन्न नागरिक तथा लक्षित बर्ग कायम गरि १ पटकको लागि बिमा कार्यक्रममा आबद्ध गर्न प्रयत्न गरिनेछ ।

 

  • खानेपानीः
  • गाँउपालिका भित्रका सबै जनताका लागि गुणस्तरीय तथा सर्बसुलभ खानेपानीमा पहुँच अभिबृद्धि गरिनेछ।
  • ‍खानेपानीका सम्पूर्ण स्रोतहरुलाई महत्तम उपयोग गरी एक घर एक धाराको नीतिलाई आत्मसात गरिनेछ र आवश्यकता अनुसार खानेपानीका आयोजनाको लागि बिस्तृत परियोजना प्रतिबेदन तयार गरिनेछ । साथै संघिय सरकार र प्रदेश सरकारको सहलगानीमा अन्य आवश्यक क्षेत्रगत खानेपानीका योजनाहरुलाई यस वर्ष पनि सञ्चालन गरिनेछ ।
  • सरसफाई कार्यक्रमलाई खानेपानी आयोजनाको अभिन्न अङ्गको रुपमा सञ्चालन गरिनेछ । गाउँ क्षेत्रको सरसफाइ कार्यलाई तीव्रता र निरन्तरता दिइने छ ।

 

  • महिला, दलित तथा जनजातिः
  • महिलाहरुको सीप, क्षमता र दक्षता अभिवृद्घि गरी आयआर्जनमा बृद्धि गर्नका लागि आधुनिक सीप तथा तालिम लगायतका कार्यक्रम सञ्चालनमा निरन्तरता दिईनेछ ।
  • सबै प्रकारका महिला हिंसा तथा महिलालाई गरिने दुर्ब्यव्हार रोकी समतामूलक समाजको निर्माण गर्नका लागि हिंसा तथा दुर्ब्यबहार प्रति शून्य सहनशीलताको नीति अवलम्वन गरिने छ ।
  • छुवाछुत तथा जातीय भेदभाव विरुद्धको जनचेतना थप प्रभाबकारी अभियान संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ  ।
  • आँधिखोला गाँउपालिकाका युबा जनशक्त्तिहरुको राष्ट्रसेवाप्रति आकर्षणमा थप अभिबृद्धि गर्न लोक सेवा आयोग तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नका लागि आबश्यक ब्यबस्था गरीनेछ ।
  • आमा समूहहरुको अगुवाईमा टोल बस्तीमा सृजनात्मक, रचनात्मक क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
  • लैंगिक हिंसा निवारण कोषको स्थापना गरी समाजमा लैंगिक आधारमा हुने भेदभाव तथा हिंसाजन्य गतिविधिलाई निरुत्साहित गर्नमा उपयोगमा ल्याईनेछ ।
  • बालबालिकाः
  • आँधिखोला गाउँपालिकाका कम्तिमा २ वटा वडाहरु बालमैत्री वडा घोषणा गर्ने नीति लिइने छ ।
  • वालवालिकाको रचनात्मक क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईनेछ ।
  • बालबालिकामाथि हुने सबै किसिमका भेदभाब, यातना, दुर्व्यवहार तथा जोखिमबाट मुक्त्त गराउन संस्थागत संरचनाको विकास गरिनेछ ।
  • अभिभावक विहिन वालवालिकाको संरक्षणको लागि विशेष व्यवस्था गरिनेछ ।
  • वालबालिकाको तथ्याङ्क संकलन तथा अद्यावधिक कार्यलाई निरन्तरता दिईनेछ ।

 

 

  • फरक क्षमता भएका व्यक्तिहरू
  • आफ्नो हेरचाह आफै गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय अपांगता भएका व्यक्ति, महिला वालवालिकाको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ ।
  • गाँउपालिकाभित्र रहेका फरक क्षमता भएका व्यक्तिहरुको पहिचान गरी परिचय-पत्र बितरण र फरक क्षमता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी आयमूलक कार्यमा संलग्न गराई व्यवसायिक जीवन कायम गरिनेछ।
  • अपाङ्गता भएका ब्याक्त्ति बिरुद्ध हुने भेदभाब अन्त्य गरी उनीहरुको नागरिक,राजनितिक,आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान,संरक्षण र सम्बर्द्धन गरिनेछ ।
  • फरक क्षमता भएका व्यक्तिहरुको दैनिक जिबनयापनमा सहजता प्रदान गर्न आबश्यक सहायक सामाग्री बितरण गरिनेछ ।
  • शारीरिक,मानसिक,बौद्धिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुको अन्य ब्यक्ति सरह समाजमा सम्मानजनक ढंगले जीबनयापन गर्नै बाताबरण तयार गरिनेछ ।

 

  • युवा तथा खेलकुदः
  • जहाँ युबा त्यहाँ खेलकुद भन्ने मुल उदघोषका साथ युबाहरुको शारीरिक र मानसिक सन्तुलन कायम गर्ने र समाजमा सकरात्मक सोचको विकास गर्ने अभिप्राय स्वरुप खेल खेल्ने व्यक्ति, समाज र सिंगो गाउँपालिकाको गौरब बढाउन खेलकुदका कार्यक्रमलाई समुदायस्तर गाउँपालिकास्तरमा अगाडि बढाईनेछ ।
  • गाँउपालिकाको युबा जनशक्तिलाई स्बस्थ,सक्षम र अनुशाशित बनाउनका लागी युबाहरुलाई खेलकुदमा आबद्ध गरिनेछ र खेलकुदलाई आँधिखोला गाँउपालिकाको सम्मान अभिबृद्धि गर्ने माध्यमको रुपमा बिकास गरिनेछ  ।
  • गाउँपालिका स्तरीय खेल मैदान बनाउने कार्यलाई निरन्तरता दिईनेछ ।
  • युवा उद्यमी बिकासका लागि शिक्षा, तालिम, रोजगारीलाई विशेष ध्यान दिदै सहुलियत दरको ऋण उपलब्ध गराउन प्रयत्न गरिनेछ ।

 

 

 

 

  • ज्येष्ठ नागरिकः
  • जेष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गरी निजहरु प्रति श्रद्धा आदार र सदभाबमा अभिबृद्धि गरिनेछ ।
  • ज्येष्ठ नागरिक परिचयपत्र वितरण र सम्मानको कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  • ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र।पार्क कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकको सीप पहिचान गरी आयमुलक बनाईनेछ ।
  • ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा लाई प्रभाबकारी बनाईनेछ ।
  • रोजगारी
  • विद्यमान गरीवीको अन्त्य गर्नका लागि कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने राष्ट्रिय संकल्पलाई आयआर्जनका कार्यक्रमसँग आवद्द गरिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त दक्ष जनशक्ति, रोजगारीको क्षेत्र र रोजगारसँग सम्बन्धित अन्य कार्यक्रमसँग आवद्द गरी यथार्थ उत्पादनमुलक रोजगारी सृजना गर्ने वेरोजगार लक्षित गरी कामका लागी पारीश्रकिकमा आधारित सामुदायिक आयोजनालाई अभियानको रुपमा कार्यान्वयन गरिनेछ ।
  • संगठित तथा असंगठित क्षेत्रमा काम गर्ने कामदारको सुदुर भविष्यको सम्मानका खातिर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरी सामाजिक सुरक्षालाई दिगो बनाईनेछ ।
  • विभिन्न आयोजना तथा कार्यक्रममार्फत समुदायस्तरका समुहहरुलाई उपलव्ध गराएको पुँजी रकम र समुहले बचत गरेको लगत अद्यावधिक गरी सो रकम रोजगारी सृजना तथा आयआर्जन र उत्पादनमुलक कार्यमा परिचालन गरिनेछ ।साथै टोल विकास संस्थासँग गरीवि निवारण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • विपन्न श्रमिकको रोजगारको निमित्त खाद्यान्नको लागि काम कार्यक्रम सञ्चालन गरिनेछ ।

४. भौतिक पूर्वाधार क्षेत्र

 

  • नयाँ ट्रयाक खोल्ने योजनालाई न्यूनिकरण गरी हाल मौजुदा सडकलाई स्तरोन्नति गर्ने काम गरिनेछ । नयाँ ट्रयाक खोल्ने सडकका हकमा निश्चित मापदण्ड बनाई लागू गरिने नीति लिईनेछ ।
  • गाउँपालिकाभित्र नमुना सडक निर्माणको कामलाई यस वर्ष पनि निरन्तरता दिईनेछ ।
  • गाउँपालिकाको केन्द्र बाट वडा केन्द्रसम्म पुग्ने सडकहरुलाई स्तरउन्नत्ति तथा कालोपत्रे गर्न प्राथमिकता दिईने छ ।
  • सार्वजनिक सडकको दायाँबायाँ बायो-ईन्जिनियरिङ प्रविधिको प्रयोग गरि बिकास योजनाको कम्तिमा १ प्रतिशत रकम भु-क्षय रोकथाममा लगानी गरिनेछ ।
  • सडक लगायत पुर्वाधारका काममा कम्तिमा ४० प्रतिशत स्टक्चरको काम गर्नुपर्नेछ ।
  • गाउँपालिका भित्रका रणनीतिक सडकहरुमा सडक यातायात गुरुयोजनाले निर्धारण गरेको मापदण्ड लागु गरिने छ र गाउँपालिकाको रणनितीक महत्वको सडकहरुको बिस्तृत परियोजना प्रतिबेदन तयार गरिनेछ ।
  • बिकास साझेदारहरुको सहकार्यमा नयाँ निर्माण गर्नुपर्ने झोलुङ्गेपुल निर्माण र मर्मत सम्भार गरी सञ्चालन हुने झोलुङ्गेपुल लाई आबश्यकता अनुसार मर्मत सम्भार गरिनेछ ।
  • MTMP ले तोकेको मापदण्ड अनुसार आँधीखोला गाँउपालिका भित्रका सडकहरुको सडक मापदण्ड अनुसार जग्गाको लगत कट्टा गर्नका लागी पहल गरिनेछ ।
  • झोलुङ्गे पुल निर्माणको कामलाई लागत साझेदारीका आधारमा यस वर्ष पनि निरन्तरता दिईनेछ ।
  • कन्टिन्जेन्सी तर्फको रकमबाट कम्तिमा बिस प्रतिशत रकम मर्मत सम्भार कोष खडा गरी जम्मा गरिने छ ।
  • गाउँपालिका भित्र संचालन गरिने योजनाहरुमा जनताको सक्रिय सहभागितालाई अभिबृद्धि गराउन लागत सहभागितालाई प्रभावकारी बनाईने छ ।
  • हरेक वर्षको फाल्गुन मसान्त भित्र अगाबै पुर्वाधार तर्फका आयोजनाहरु सम्पन्न गराउने नीतिलाई निरन्तरता दिईनेछ ।
  • आँधीखोला गाउँपालिकाका गौरवका योजनालाई रकमको अभाव हुन दिइने छैन।
  • संघिय सरकारको लगानीमा विगत वर्षदेखी निर्माण शुरु भई आँधीखोला गाउँपालिकाको सक्रियतामा यस वर्ष निर्माण सम्पन्नता गर्ने उद्देश्य राखी अगाडि बढिएको सन्दर्भमा यस वर्ष विविध कारणवश निर्माण कार्य रोकिएको आँधीखोला-5 र 6 जोड्ने सेतिदोभान ढाँडखेतमा रहेको आँधीखोला पुल निर्माण सम्पन्नताका लागि आवश्यक पहल गर्ने नीति लिईनेछ ।

 

५. बस्ती विकास, शहरी योजना तथा भवन निर्माण

  • सेवा प्रवाहलाई आधुनिक, सहज, सरल र सुविधासम्पन्न बनाउन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र आँधीखोला गाउँपालिकामा आयोजित विभिन्न सभा, सम्मेलन आयोजना गर्न स्थानको पर्याप्तता नभएको र गाउँपालिकास्तरीय बस्तीको विकास गरी गाउँपालिकाको केन्द्रलाई व्यापारिक दृष्टिले सुदृढ बनाउन बहुउद्देश्यीय सभा हल व्यापारिक तथा सपिङ कम्प्लेक्स जस्ता गाउँपालिकाका गौरब आयोजनाका कामलाई सम्पन्न गरी संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
  • जनताको जिउधन र सुरक्षा प्रत्याभुति गराउन सुरक्षा संयन्त्रलाई प्रभाबकारी बनाउनका लागी चिलाउनेबाँस प्रहरी चौकीको भबन निर्माण सम्पन्नताका लागी आबश्यक सहकार्य र साझेदारीका क्रियाकलाप सञ्चालन गरिनेछ। साथै सेतिदोभान प्रहरी चौकी र पञ्चमुल प्रहरी चौकीको स्तरोन्नति तथा संरचनागत सुधारका लागी आबश्यक पहल गरिनेछ ।
  • गाँउपालिका भित्र बसोबास गर्ने जनताको सुरक्षित आबासको हकलाई प्रत्याभुत गर्दै सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासी लगायत जमिनमा पहुँच नपुगेका गाउँपालिकावासीको सङकलित तथ्याङ्क बमोजिम सम्बन्धित सरोकारवालाका नाममा जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) उपलब्ध गराउन आवश्यक सम्पूर्ण पहल गरिनेछ ।
  • गाउँपालिकाभित्र रहेका साना बजारलाई व्यवस्थित बनाउन भित्री बाटाहरूको स्तरोन्नती गरिनेछ ।
  • सरकारी भवनहरुलाई बालमैत्री, ज्येष्ठनागरिक मैत्री तथा अपाङ्ग मैत्री बनाईनेछ ।
  • सडक दायाँबायाँका अतिक्रमित भवन तथा टहराहरु सम्बन्धित सडकको मापदण्ड अनुसार हटाउने नीति लिइने छ ।

६.उर्जा र बैकल्पिक उर्जाः

१. जैविक रुपमा रहेको बायोग्यास, गोबरग्यास लगायतका स्थानीय साधन श्रोतलाई परिचालन गरी बैकल्पिक उर्जा उत्पादनका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

2.सौर्य सडक बत्तिको कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

3.गाउँपालिका मातहतका सरकारी निकायहरुमा बैकल्पिक उर्जाको कार्यक्रमलाई प्रबर्द्धन तथा मर्मत सम्भारलाई जोड दिइनेछ ।

४. सौर्य उर्जालाई समुदायस्तर सम्म पहुँच अभिवृद्दि गर्न समुदायको सहलगानीमा आँधिखोला उज्यालो अभियान सञ्चालन गर्न प्रयत्न गरिनेछ ।

५. गाँउपालिका भित्र रहेको बिद्युत प्रसारण लाईनलाई ब्यबस्थित गर्न स्थानीय प्रविधिमार्फत सिमेन्टबाट निर्मित जीर्ण विद्युतिय पोलाई विस्थापन गरी पूर्ण स्टिल पोल युक्त गाउँपालिका बनाइनेछ । बिद्युत प्रसारण लाइनको मापदण्ड वरिपरिका रुखहरू कटान गरी बिद्युत् आपूर्तिलाई सहज बनाइनेछ ।

६.हाल रहेको विद्युत आपूर्तिलाई सहज बनाउनको लागि विद्युत लाइनको विस्तार, ट्रान्सफरमरको अपग्रेड गरिनेछ ।

७.समुदाय स्तरमा बढ्दै गएको वायु प्रदूषणबाट श्रृजित समस्याबाट समुदायलाई स्वच्छता कायम गर्ने हेतुका साथ विदेशी एल.पी. ग्यासको आयात विस्थापन गरी बनपैदावर माथिको मानव समुदायको अतिक्रमण निरुत्साहित गर्न विद्युतिय ईन्डक्सन चुलो वितरणका लागि आवश्यक पहल गरिनेछ ।

  • संस्थागत विकास, सेवा प्रवाह र सुशासनः
    • क्षमता विकासः
  • टोल विकास संस्था र आमा समूह युवा क्लब विपन्न वर्गहरुको क्षमता विकास गर्दे उद्यमशिल कार्यक्रमहरु अवलम्वन गर्न प्रेरित गरिने छ ।
  • उपभोक्ता समितिको क्षमता विकासको निम्ति आवश्यक तालिम उपलब्ध गराईने छ ।
  • टोल विकास संस्थाका पदाधिकारीलाई निरन्तर अभिमुखीकरण तथा पुनर्ताजगी सामाग्री उपलव्ध गराईनेछ ।

 

 

  • सार्वजनिक जग्गा संरक्षणः

 

  • गाउँपालिका भित्रका सार्वजनिक जग्गाहरूको संरक्षणको लागि बिशेष पहल गरिनेछ । गाउँक्षेत्र भित्रका ऐलानी/पर्तिजग्गाको लगत लिई संरक्षणको कार्यलाई अगाडि बढाइने छ र ऐलानी/ पर्ति जग्गाको उपयोग गरी आय आर्जनको रुपमा परिणत गर्न योजना र कार्यक्रमहरु सञ्चालन गरिनेछ । साथै सरकारी जग्गाहरुको समेत लगत लिई व्यवस्थित गरिने छ । सार्वजनिक जग्गामा बनेका घर, भवन, सटर, टहरा, घुम्तीहरुलाई गाउँपालिकाको दायरामा ल्याईने नीति लिईनेछ ।

 

 

  • सूचना तथा संचार प्रविधि
  • गाउँपालिकाको विद्युतिय तथ्यांकको सुरक्षा गरिनेछ ।
  • आँधीखोला गाउँपालिकाको इन्टरनेट स्पीड बढाई निश्चित स्थानमा फ्री वाईफाई जोनको व्यवस्था गरी यसको प्रभावकारितामा जोड दिइनेछ ।
  • गाउँपालिकाले सम्पादन गरेका कार्यहरू पारदर्शी बनाउन वेबसाइटमा प्रविष्टि गर्ने कार्यलाई निरन्तरता दिँदै विद्युतिय सुशासन को अवधारणा अवलम्बन गरिनेछ ।
  • Group SMS सेवा मार्फत सूचना तथा मिटिङ, भेला एवं अन्य कार्यक्रमको जानकारी मोवाइलमा पठाउने कामलाई निरन्तरता दिइनेछ ।
  • विद्युतिय शासनको महत्वपूर्ण साधनको रूपमा तयार गरिएको आँधीखोला गाउँपालिकाको एन्ड्रोइड एप्लिकेसन प्रयोग गरी आम नागरिकमा सूचनाको पहुँच विस्तार गरिनेछ ।
  • गाउँपालिकाकासबै कार्यालयहरूलाई इन्टरनेटको माध्यमबाट Networking गर्दै E-governance सेवा प्रारम्भ गर्न यसै वर्ष सबै वडा, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयमा इ-हाजिरीको प्रारम्भ गरिनेछ  

घ. राजस्व सम्बन्धी नीतिः

  • जनतामा कर तिर्ने संस्कार निर्माणका लागि जनताहरुमा कर प्रतिको सचेतना र सम्बेदनशिलताअभिबृद्धि गरिनेछ ।
  • प्रत्येक वडाबाट संकलन गरिने राजश्वलाई पारदर्शी तथा ब्यबस्थित बनाउनका लागी राजश्व संकलनको एकिकृत सफ्टवेयर लाई अध्यावधिक गरिनेछ ।
  • बस्ती बस्तीमा पुगी कर संकलन सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरि घुम्ती शिविर मार्फत कर संकलनको अभियानलाई प्रभावकारी बनाईनेछ ।
  • कर संकलनलाई अझ बढी व्यवस्थित बनाउन र कर प्रशासनलाई प्रभावकारी बनाउन समयमा कर तिर्ने, धेरै कर तिर्ने, करदातालाई पुरस्कार र उपरोक्तानुसार भाखा नाघी कर बुझाउने करदातालाई दण्डको व्यवस्था गरिनेछ ।
  • गाउँपालिकाको निर्माणाधिन बहुउद्देश्यिय सभाहलका व्यपारिक सटरहरुलाई भाडामा दिई आन्तरिक आय वृद्धि गर्ने नीति लिईनेछ ।

 ङ. पेश्की बेरुजू फर्छ्यौट सम्बन्धी नीतिः

  • हालसम्मको बेरुजूलाई शून्यमा झार्ने नीति लिइने छ ।
  • बेरुजु सृजना हुने स्थिति आउन नदिन कार्यविधिगत तथा प्रकृयागत व्यवस्थालाई सुदृढ गरिनेछ ।
  • पुरानो पेश्की बाँकी रहेका व्यक्ति वा संघ संस्थाहरुलाई अविलम्व पेश्की फछर्यौट गराउन आवश्यक पहल गरिने छ साथै दोहोरो पेश्कीलाई निषेध गरिएको छ ।

 

 

च. लेखापालन तथा लेखा व्यवस्थापन सम्बन्धी नीतिः

 

  • आर्थिक प्रशासनको वैज्ञानिक व्यवस्थापन गरी लेखापालनलाई मितव्ययी र प्रभावकारी बनाइने छ ।
  • सार्वजनिक खर्चको मितव्ययितालाई विशेष ग्राहयता दिइने, कोरोना महामारीको कारण राजश्वमा कमी भई समग्र देशको आर्थिक अवस्था कमजोर भएको हुनाले सार्वजनिक खर्च कम गरी चालु खर्च घटाईनेछ ।
  • गाउँपालिकाको आय व्ययलाई चौमासिकरुपमा सूचना पार्टी तथा वेवसाईटमा सार्वजनिक गरिनेछ ।
  • लेखा प्रणाली लाई सुत्र प्रणाली अन्तर्गतको सफ्टवेयर मार्फत व्यवस्थित गर्ने कामलाई निरन्तरता दिईनेछ ।

 छ.  सुशासनः

  • सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चको गुणस्तरीयता कायम गरी पुँजी तथा सम्पत्ति निर्माण गरिनेछ । सार्वजनिक श्रोतमा आउने संकुचन र कोरोना महामारी रोगको रोकथाम, नियन्त्रण र प्रभाव न्युनिकरण गर्न फजुल तथा अनुत्पादक तथा अन्य प्रोत्साहन लगायतका सामूहिक खर्च कटौती गरी चालु खर्चमा मितव्ययिता अपनाईने नीति लिईएको छ ।
  • सबै प्रकारको भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नीति लिईनेछ ।
  • नेपालको संविधान बमोजिम आँधिखोला गाउँपालिकामा गठित प्रथम जननिर्वाचित सरकारले स्थापनाकाल देखि शुभारम्भ गरेका सम्पुर्ण आर्थिक, सामाजिक, भौतिक, साँस्कृतिक लगायत समग्र आँधिखोलाको विकासमा गरेका रचनात्मक, सृजनात्मक र नियमित कामको अपनत्व पूर्ण रुपमा ग्रहण गर्दै एकमुष्ठ संगालोको रुपमा आँधिखोला गाउँपालिकाको उपलव्धि मापन श्वेतपत्र प्रकाशन गरिनेछ ।
  • स्थानीय तहमा सुशासन प्रवर्धन गर्नका लागि साधन श्रोतको उपलव्धता मार्फत गुनासो सुनुवाई अधिकारीको प्रभावकारिता अभिवृद्दिमा जोड दिईनेछ ।
  • आँधीखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरुको सेबा प्रबाहलाई चुस्त पारदर्शी एबं जबाफदेही बनाउन घुम्ती सेबा,सार्बजनिक सुनुवाई, सामाजिक परीक्षण,सार्बजनिक परीक्षण लगायत अन्य सेबा ग्राहीमैत्री कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • पर्यटन बिकास समिति लगायतका बिभिन्न समितिहरुको साझेदारीमा संस्थागत क्षमता बिकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाँउपालिका भित्रका सबै सरकारी कार्यालय र बिद्यालयमा बिद्युतिय हाजिरीको ब्यबस्था गरिनेछ ।
  • गाँउपालिकामा जनताको पहुँच सरल र सहज रुपमा होस भन्ने हेतुले बिद्युतिय सुशासनका माध्यमहरुटोल फ्री टेलिफोन नं, अडियो नोटिस बोर्डआदिको ब्यबस्था गर्न प्रयत्न गरिनेछ ।

 ज. कर्मचारी प्रशासनः

 

  • कर्मचारीको मनोबल उच्च पार्ने नीति लिइनेछ।कार्यालयको हित र आन्तरिक आयमा सक्रिय रुपमा लाग्नेकर्मचारीलाई मापदण्ड तोकी उचित प्रोत्साहनको ब्यवस्था गरिने छ ।
  • कर्मचारीलाई सेवाप्रति लगनशील,जिम्मेबार,उत्तरदायी र कर्तव्य निष्ठ बनाउन दण्ड र पुरस्कारको नीति अबलम्बन गरिनेछ।
  • गाउँपालिका अन्तरगतका सवै कर्मचारीहरुलाई प्रविधीमैत्री बनाउन आवस्यक तालिमको व्यवस्था गरिनेछ ।
  • क्षतिपुर्ति सहितको नागरिक सेबा प्रबाह लाई जोड दिईनेछ ।सोका लागी सम्बन्धित सरोकारबालाको रुपमा जिम्मेबार पदाधिकारी र कर्मचारीलाई सो कार्यको आबद्धतामा जोड दिईनेछ ।
  • गाउँपालिकालाई स्वीकृत दरबन्द्धिमा रिक्त रहेका पदलाई पदपूर्तिको प्रक्रिया अगाडी बढाई सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ ।

 

 

झ. न्यायिक कार्य सम्बन्धी व्यवस्थाः

  • न्यायिक समितिको सचिवालयलाई कार्यप्रकृतिको आधारमा विशिष्ट प्रकृतिको अवस्थिति आवश्यक रहेको हुँदा आगामी आ.व. बाट न्यायिक ईजलास निर्माण गरी न्यायिक समितिको कार्यलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाईनेछ ।
  • विवाद निरुपणको कार्यलाई व्यवस्थित, गैरविभेदकारी र न्याय मुलक बनाउदै सामाजिक न्यायका आधारमा न्याय सम्पादन गरिनेछ ।
  • प्रत्येक वडामा मेलमिलाप केन्द्र मार्फत विवादलाई यथासक्य चाँडो समाधान गरी बास्तबिक न्यायको अनुभुतिगराईनेछ ।
  • न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 

आदरणीय सभा सदस्य ज्यूहरु,

 

कोभिड-19 को महामारीको रोकथाम र नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक-आर्थिक क्षेत्रलाई पुनर्जीवन दिई विकास निर्माणलाई तीव्रता दिने अठोटका साथ आर्थिक वर्ष 207८/07९ को नीति तथा कार्यक्रम प्रस्ताब गरेको छु । तसर्थ महामारीको असर न्युन गर्दै आर्थिक सामाजिक क्षेत्र थप गतिशिल हुनेछन, पारस्परिक सम्मान र अवसर सहित सामाजिक न्याय कायम हुनेछ र समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङक्षा पुरा गर्न कोशेढुङ्गा सावित हुनेछ ।

आँधिखोला गाउँपालिकाको समृद्दि र विकासमा एकाकार भई बिबिधतायुक्त बिशेषतालाई आत्मसात गरी बिबिधताबिच एकता, सामाजिक, सास्कृतिक ऐक्यबद्धता,सहिष्णुता र सदभाबलाई संरक्षण तथा निरन्तरता दिन साथ दिनुभएकोमा गाँउपालिका भित्रका बिभिन्न राजनैतिक दल, बुद्धिजीबि, समाजसेवी, राष्ट्रसेवक, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिकवर्ग, नागरिक समाज, आम सञ्चारजगत लगायत सम्पूर्ण दाजुभाई दिदिबहिनीहरुलाई बिशेष धन्यबाद दिन चाहान्छु । साथै भबिष्यमा समेत सोही प्रकारको भूमिकाको अपेक्षा गर्दछु ।

अन्त्यमा, समय संवेदनशिल छ, राम्रो साबित गर्न धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती वा एउटा भ्रम काफी हुन्छ । तसर्थ आँधीखोला गाँउपालिकाको बिकासको मार्गदर्शनको रुपमा प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गरी यस नीति तथा कार्यक्रमको तर्जुमामा  छायाँ होईन,ऐनाको रुपमा ग्रहण गर्नका सुझाब सल्लाह दिनुहुने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी ,राजनितिक दलका प्रतिनिधि लगायत सम्पूर्ण आँधीखोलाबासी जनतालाई हृदयदेखी नै धन्यबाद दिन चाहान्छु र यस नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गरी स्थानीय सरकारको औचित्य स्थापित गरी समृद्ध आँधीखोला निर्माणमा समेत सबैको सकरात्मक भुमिका रहनेछ भन्ने अपेक्षा गरेको छु ।

हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पूर्ण महानुभावहरु प्रति कृतज्ञता ज्ञापन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु  ।

 

 

 

 

 

धन्यबाद  नमस्कार ।

 

सुधिर कुमार पौडेल

अध्यक्ष

आँधीखोला गाउँपालिका

मितिः २०७८/०३/०५

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.