सुशील सुवेदी
स्याङ्जा , १५ जेठ
‘धुँवा रहित पालिका हाम्रो लक्ष्य , उच्च विद्युतीय चुल्होको प्रयोग हाम्रो उदेश्य’ , भन्ने नारा सहित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले विद्युतीय चुल्हो वितरण अभियान सुरु गरेको छ ।
पालिकाले न्युनतम १६ एम्पेएर विद्युत्त क्षमता थेग्न सक्ने संरचना भएका १६१ घरधुरीलाई पहिलो चरणमा चुल्हो वितरण गरेको हो ।
आगामी ३ वर्ष भित्र पालिका भित्रका ४७०० घरधुरीलाई चुल्हो वितरण गरेर पालिकालाई ग्याँस मुक्त गराउने लक्ष्य रहेको पालिका अध्यक्ष खिम थापाको भनाई छ ।
देशकै ठुलो मध्येको कलिगण्डकी जलविद्युत आयोजना समेत रहेको यस पालिकामा २० युनिटसम्मको न्युनतम विद्युत्त् महसुल पालिकाले निशुल्क गरेको छ । यो अभियानले विद्युतीय चुल्हो प्रयोग गर्ने उपभोक्तालाई २० युनीट सम्मको विद्युतीय महशुलमा रहात हुने भएको छ । पालीकाभित्र उत्पादन भएको विद्युतको उच्च प्रयोग पालीबासीले गर्नुपर्ने अध्यक्ष थापाले बताए । उनले भने , ‘यहाँबाट ग्याँस आयातमा वर्षेनी बाहिरीने करोडौँ रुपैँया पनी पालीकामा नै राख्नुपर्छ भन्ने हाम्रो लक्ष्य हो । ’
ग्याँस मुक्त पालीका घोषणा हुँदा वार्षीक ५ करोड बरारबरको आर्थीक घाटा समेत रोकीने पालीकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र पाण्डेयको भनाई छ । ‘आगामी ३ वर्षभित्र सबै घरधुरीमा विद्युतीय चुल्हो हुनेछ र पालीकालाई ग्याँस मुक्त पालिका घोषणा गर्नेछौ ’, पाण्डेयले बताए ।
परम्परागत चुल्हो बाट निस्कने धुवाँले हुन सक्ने श्वास प्रश्वास सम्बन्धी रोगमा समेत निराकरण हुने पालीकाका उपाध्यक्ष सावित्रा कोइरालाको भनाई छ ।
यस्ता जनमुखी कार्यक्रमले पालीकाको मात्र होइन देशको अर्थतन्त्र बाहिरीमुलुक जानबाट जोगाउने पालीबासीको बुझाई छ ।