headline 1गण्डकीमोफसल

तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

सुमन कार्की
पाल्पा,२९ असार
पाल्पाको तानसेन नगरपालिकाले कृषकहरुको माग र आवश्यक्तालाई मध्यनजर गर्दे यान्त्रिक उपकरण वितरण गरेको छ ।
नगरपालिका भित्रका विभिन्न वडाका कृषकहरुलाई कृषिमा आधुनिकिकरण र व्यवसायिक बन्न सहयोग पुर्याउने उद्धेश्यले ५० प्रतिशत अनुदानमा यान्त्रिक उपकरणहरु सहयोग गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।
नगरभित्रका कृषकहरुलाई २६ वटा कम्बाइन मिल, ३७ वटा मिनी टिलर,१३ वटा च्याप कटर घाँस काट्ने मेसिन तथा ५ वटा वोयर जातको विउ वोका वितरण गरिएको छ ।
५० प्रतिशत अनुदानमा वितरण गरिएको हाते ट्याक्टर पाउँदा कृषकहरु हर्षित भएका छन् ।
तानसेन नगरपालिकाले धेरै जग्गा जमिन हुने तर जोत्न गोरु नपाइने कृषकहरुलाई हाते टयाक्टर, पशु चौपाय धेरै पालेका कृषकहरुलाई कम्वाइन मेसिन वितरण गरेको हो ।
कृषिमा यान्त्रिकरण गरी व्यवसायिक बनाउने उद्येश्यले यान्त्रिक उपकरण वितरण गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
यतिवेला पाल्पाको अधिकाम्स क्षेत्रमा कृषिका नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका छन् । कृषकहरु पनि नयाँ तथा यान्त्रिक प्रविधि संचालन गरी कृषि पेशा गर्न वढि इच्छुक देखिन्छन् । तानसेन नगरपालिकामा यान्त्रिक उपकरण माग गर्नेको संख्या उल्लेख्य रहेको छ । ५० प्रतिशत अनुदानमा कृषि समाग्री पाउदा कृषकहरु समेत खुशी बनेका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.