नारायण विश्वकर्मा । स्याङ्जा । ०२ श्रवाण ।
पर्वतको विहादी गाउँपालिका–४ चिलाउनेखर्कमा रहेको वहाकी माध्यामिक विद्यालयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयमा छनौट गरेको छ । नमुना विद्यालयका लागि आवेदन भरेको वहाकी माध्यामिक विद्यालयलाई शैक्षिक एवं भौतिक मापदण्ड पूरा भएका कारण नमुना विद्यालयको रूपमा छनोट गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी भट्टराईले शिक्षक तथा अभिभावकको मेहनत र त्याग विद्यार्थीको लगनशिलता र अनुसासनका कारण वहाकी माध्यामिक विद्यालय नमुना विद्यालयका रुपमा छनौट भएको बताए । उनले वहकीलाई नमुना विद्यालयका रुपमा छनौट गर्न सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी, सवैतहका सरकार, जिल्ला शिक्षा इकाई समिति, सांसद, मन्त्रालय लगाएत संघसंस्थालाई नमुना विध्यालय छनोट प्रकृयामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा न्यायोचित सहयोग गरेकोमा धन्यवाद समेत दिए । भट्टराईले विद्यालयलाई नमुना विकास कार्यक्रम अन्तर्गत पर्ने बजेटलाई सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै वुधबार बसेको वैठकमा मन्त्रालयले गरेको निर्णय अनुसार देशभरबाट एक सयवटा नमुना विद्यालय छनौट कार्यलाई अन्तिम रुप दिएको मन्त्रालयका प्रवक्ता दिपक शमाले जानकारी दिए । ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले देशभरबाट एक वटा नमुना विद्यालय छनौट गरेको थियो‚’ शर्माले भने, ‘मन्त्रालयले यसलाई अन्तिम रुप दिएको हो ।’ सरकारले विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय राख्ने लक्ष राखेको छ ।
नमुना विद्यालय निर्माणका लागि सरकारले गुरुयोजनाका आधारमा रकम उपलब्ध गराउने व्यवस्था छ । कस्तो विद्यालय बनाउने भनेर योजना तयार पारेपछि मात्र रकम उपलब्ध गराउने गरेको हो । नमुनामा छनौट भएका विद्यालयलाई सरकारले आवश्यकताका आधारमा रकम उपलब्ध गराउनेछ ।