स्याङ्जा संबाददाता
साउन ४ गते ।
गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट पशुपालन गर्दै आएका कृषकलाई नगरपालिकाले अनुदान वितरण गरेको हो ।
नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर १५ का दरले ४८ लाख र गाईभैँसीका लागि ७५ लाख अनुदानस्वरुप वितरण गरिएको छ ।
पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर १५ का दरले अनुदान पाएको जानकारी दिनुभएको छ ।
यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र १० लाख अनुदानस्वरुप वितरण गरिएको छ । बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।