मे.दृ संवाददाता
स्याङजा , १२ साउन
स्याङजामा प्रहरी प्रमुख एस पी सहित १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । गत मंगलबार ३ जनामा कोरोना सङक्रमण पुष्टि भएपछी सिल गरिएको जिप्रका मा सङक्रमितको संख्या २१ पुगेको छ ।
एक हप्ता अगाडी ३ जनालाइ पुष्टि भएसँगै जिप्रकामा कार्यरत एक सय बढी कर्मचारीको स्वाव परीक्षणको लागी पठाइएको थियो । ४४ जनाको स्वाव परीक्षण गर्दा १८ जनामा कोरोना देखिएको र अन्यमा पनि सङक्रमण हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका ९८ जना प्रहरी र ४ जना हिरासतमा रहेका १०२ जनाको स्वाव परिक्षणमा पठाइएको भएपनी अन्यको नतिजा आउन बाँकी रहेको जिप्रका स्याङजाले जनाएको छ ।
जिप्रका स्याङजाले उच्च सतर्कता अपनाउँदै गत मंगलबार देखि कार्यालय सिल गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक राजेन्द« प्रशाद अधिकारीले जानकारी दिए । उनले भने , ‘सेवाग्राहीलाइ कार्यालय प्रवेश र प्रहरीलाइ कार्यालय बाहिर जान रोक लगाएका छौँ । जिप्रका मा कुनै काम भए सेवाग्राहीले फोन , इमेल इन्टरनेटको उच्चतम प्रयोग गर्न सक्नेछन् । ’
सङक्रमितलाइ जिल्लाको हेलु र करेण्डाँडाको आइशोलेसन मा राखिने स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रशाद शर्माले जानकारी दिए ।
हाल सम्म स्याङजामा २२३ जना सङक्रमित मध्य ३३ जना आइशोलेशन मा छन् २ जनाको मृत्यु भएको छ भने बाँकी १८८ जनाले कोरोना मुक्त भएर घर फर्केका छन् ।
सरकारले लकडाउनलाइ लचकता अपनाउँदै गर्दा फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मी र स्वास्थयकर्मीले उच्च सतर्कता उपनाउन आवश्यक देखिन्छ ।