मेरो दृष्टि संवाददाता
स्याङ्जा , साउन ३० स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)संचारकर्मीसँग लुकेका छन् । गत साउन २६ गते रातिवालिङ् ८ डुम्रीकोटमा घटेको घट्नाको विषयमा पत्रकारहरुले भेट्न खोज्दा प्रजिअ गंगाबहादुर क्षेत्री लुकेका हुन् ।
वालिङको एक ग्यारेजमा चापाकोटका मेयर सहित आएका समुह र वालिङ ९ का जितेन गुरुङ बिच भएको कुटपिटमा दुवै पक्ष बाट वडा प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरीको आधारमा पक्राउ परेका सुनिल एस्के र प्रदीप गिरीलाइ बुधबार राति सिडिओको ठाडो आदेशमा छाडिएको थियो । सोही विषयमा पत्रकारहरू बिहीबार सिडिओ कार्यालयमा पुगेका थिए । गए रातिदेखि नै पत्रकारहरुले सिडिओलाई मोवाइलमार्फत सम्पर्क गरेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि पत्रकारहरु सिडिओ कार्यालयमै भेट्न गएका हुन् ।
कुनै पनि मुद्धा दर्ता भएर हिरासतमा रहेकालाइ छाड्न नमिल्ने भएपनि रातारात हिरासतमा रहेकालाइ त्यसै छाड्न नमिल्ने कानुनी प्राबधान छ ।
जिल्लाकात्रियाशिल संचारकर्मी कार्यालयमापुग्नु भन्दा २०/२५ मिनेट अगाडि कार्यकक्षामा रहेको जानकारी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारीदिए।
बरालले पत्रकारहरुलाई एकघण्टामा सिडिओ कार्यालयमा फर्कनेआश्वासन दिएपछि पत्रकारहरुले कार्यालयमै कुरेर बसेका थिए । सिडिओलाई एक घण्टा होइन ६ घण्टासम्म कुरेर बसे तरउनीआएनन् ।
सिडीओ निवासबाट जनताको कार्यसम्पादन गरीरहेका प्रजिअले संचारकर्मीलाइ भेट्न नखोज्नुले यो घटना प्रतिशंका पैदा भएको छ ।