चरित्र हत्या गर्न बलत्कारको आरोप लगाइयो कोइराला

बलात्कारको आरोप लागेका नेकपा स्याङ्जा चापाकोट नगरकमिटीका सचिव राजु कोइरालाले आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा हल्ला फैल्याएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनलाई केही दिनअघि बोटेटारकी एक दलित महिलालाई बलात्कार गरेको र घटना लुकाउन ५ लाख नगदसमेत दिएको भन्दै केही अनलाइनमा समाचारहरू प्रकाशित भएका थिए । बुधवार एक विज्ञप्ति जारी गर्दै कोइरालाले ‘घट्दै नघटेको घटनालाई लिएर व्यक्ति र पार्टी राजनीतिलाई असर पुर्याउने निहित उद्देश्यका साथ चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक संजालबाट काल्पनिक घटना निर्माण गर्ने काम भएको बताएका हुन।’ कोइरालाको अनुसार अहिलेसम्म कसैले पनि कोही पीडित भएको भन्दै सम्बन्धित निकायमा उजुरी दर्ता नगरेको दाबी गरे । कोइरालाको अनुसार  चरित्र हत्यामा उत्रिएका व्यक्तिहरू विरुद्ध सम्बन्धित कार्यालयमा उजुरी दर्ता गराएका छन् ।  पत्रकारको नाउमा राजनितिक खोल ओडेर आफुलाइ सिध्याउन खोजेको कोइरालाको भनाइ छ ।   ‘सत्य कहिल्यै नडग्ने भएकोले एउटा व्यतिmलाइ सिध्याउन खोजियको प्रयासले आफै सिध्धिने खेलो भइरहेको कोइरालाको भनाइ छ । चुनावी नारा बनाउन लेखिएको समचारलाइ सत्य नमान्न आग्रह गर्दे कत्ती पनि नआत्तीन आफ्ना कार्यकर्तालाइ कोइरालाले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.