म जात्रा हेर्ने जनता

कबिता

छिमेकिको गोडा मुसारेउ
देश लुटियो
रगतले माटो रंगियो
व्यवस्था फेरियो
देश लुटनेहरु माथि पुगे
महल ठडियो
समानताको नारा बोकेउ
लोकतन्त्र जिन्दावाद भनेउ
बोलि फेरियो
पैसा सङ न्याय साटेउ
विश्वास मारियो
म तिम्रो जात्रा हेर्ने जनता
न मेरो बोलि सुनियो
न कहिल्यै
मर्म बुझियो ।।

चुनाव आउँदा आश देखाएउ
सपना लुटियाे
जननेताको काम्लो ओडेउ
सत्ता लुटियाे
दलाल पुजीवाद अन्त्य भनेउ
समाजवादको नारा बिर्सियो
समृद्ध राष्ट्र खुशी नेपाली भनेउ
घर घरमा सिंहदरबार भनेउ
आवाज लुटियो
स्थिर सरकारको बिरुवा रोपेउ
जरा काटियाे
म तिम्रो जात्रा हेर्ने जनता
न टाेपि फेरियो
न कहिल्यै
भोटो फेरियो ।।

बलभद्रको नाम जपेउ
तरबार भाचियो
स्वाभिमानीको तन्ना ओडेउ
काचुली फेरियो
भ्रष्टाचारको अन्त्य भनेउ
भुडी फेरियो
नारी पुरुष समान भनेउ
जातीय विभेद अन्त्य भनेउ
माया बेचियो
करोडौं कार्पेटमा हिडेउ
माटो बिर्सियो
म तिम्रो जात्रा हेर्न जनता
न देश लुटियाे
न कहिल्यै
जीवन फेरियो।।

सन्देश खनाल
वालिङ्, स्याङ्जा

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.