headline 1गण्डकी

गल्याङ नगरपालिका ९ का ६० परिवारलाई राहत वितरण

नगरप्रमुख अधिकारीले भने , ‘बर्गिकरणको आधारमा खाद्यान्न देखि घर समेत निर्माण गर्ने अभियान सुरु गर्दैछौँ । ’

मेरो दृष्टि संवाददाता
स्याङ्जा , भदौ १२ ।
स्याङ्जाको गल्याङ नगरपालिका — ९ , का अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
साङ्लीयाका ६० विपन्न घर परिवारलाई नगरपालिकाबाट राहत स्वरुप चामल वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए । यस श्रेत्रमा अत्याधिक विपन्न परीवारको बसोबास रहेको बताउँदै अधिकारीले भने , ‘ अहिले विपन्न परीवारको तथ्याङ्क संङकलन गर्दै छौँ , बर्गिकरणको आधारमा खाद्यान्न देखि घर समेत निर्माण गर्ने अभियान सुरु गर्दैछौँ । ’
‘धनी र गरिबको खाडल अन्त्य गर्न स्थानीय सरकार प्रतिबद्व रहेको उपप्रमुख देविसरा थापाले बताईन् ।
उक्त गाउँका सबै जसो दलित समुदायहरुलाई लक्षित गरी प्रति परिवार २५ किलोका दरले चामल वितरण गरिएको थियो ।
सो क्रममा नगरप्रमुख सहितको टोलीले वर्षातको समयमा पहिरो मा निधन भएका यामबहादुर विकका परिवारको अवस्था तथा घर निर्माणबारे चासो व्यक्त गर्दै घर निर्माणमा सहयोग गर्ने प्रतिबद्वता गराएका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.