कबिता :भ्रष्टाचार

गौतम बुद्धको मेरो देशमा
शान्तिको कान्ति हराएर
माकुराको जालो जस्तै
माझीको जाल जस्तो
गण्डकीको महाजाल जस्तो
मान्छेहरू फरक फरक समयमा
हानिरहेका छन्
फरक-फरक जाल

माकुराको जालोमा पुतली पर्छ
माझीको जालमा फएटो पर्छ
महाजालमा शहर पर्छ
यो त भयो
प्राकृतिक भ्रष्टाचारको कुरूप तस्विर !

मैले सार्वजनिक ठाउँमा
देखिरहेको छु सँस्थागत भ्रष्टाचार
बाटो खन्छु ढुङ्गामा भ्रष्टाचार
माटो खन्छु गिट्टीमा
अाँधिको छेउमा
बालुवाको भ्रष्टाचार !
बगरको बालुवा
उठाउन पाउदैन श्रमिकले बोरामा
तस्करले टिप्परमा उठाइदिन्छ !

अब सुन्नुहोस्
मान्छेको भ्रष्टाचार
कुनैदिन मैले
बालाजु बसपार्कको आकासे पुलमा
कानमा ठुलाठुला एयररिङ्ग लगाएकी
अाेँठकाे डिल कुनै चित्रकारले कुँदेजस्तै
निकै कलात्मक तरिकाले
राताे लिपिस्टिक लगाएकी युवतीलाई
चिमोटे जस्तै निगुरोको मुन्टा
चिमोटिरहेको देखेको छु नाङ्गो आँखाले !

पख्नुहोस् !
अब म सँग
नैतिक भ्रष्टाचारका
यथार्थहरू पनि छन्
म मेडिकल लाइनमा
उभिईरहेको रहेको थिएँ
डा साहब !
मेरो मैनाबारी रोकियाे
म अविवाहित छु
खिन्न मुद्रामा
युवतिको आग्रह थियो
औषधि पसलको औषधि बिक्रेताले
झसँङ्गै झस्काई दिनुभयो
जसरी झस्काउँछ
रातको अमुर्त मसानले

बिक्रेता
अध्यारो ल्याबमा प्रवेश गर्नुभयो
र दुईवटा रातो धर्सा भएको
प्रेग्नेन्सी किट लिएर फर्कनुभयो
विस्मयवोध प्रकट गर्नुभयो
धन्नै समयमा आउनुभयो !
म उस समय आश्चर्य चकित परेँ
जब उहाँले औषधि दिनुभयो
ग्याष्ट्रिकको
लिनुभयो
वतन पैसाको
पतन मान्छेको लागि

बिक्रेतको अनुहारले
अस्ताउँदो घामको चमक दियो
क्रेताको मुहारमा
उदाउँदो सुर्यजस्तै चमक थियो

भ्रष्टाचारको अड्डी गढ्ढीमा मात्र छ ?
खोला भ्रष्टाचारमै बगिरहेको छ
विमान भ्रष्टाचारमै उडिरहेको छ
पुल भ्रष्टाचारमै झुण्डिरहेको छ
गाडी भ्रष्टाचारमै गुडिरहेको छ !
मान्छे भ्रष्टाचार मै जन्मी रहेको छ
भ्रष्टाचार मै मरि रहेको छ !

मन्दिरमा तपाईंले
पैसा नचढाई ईश्वर पुज्न सक्नुहुन्छ ?
कन्यादान गर्ने सक्नुहुन्छ दाइजोबिना ?
लगाउन सक्नुहुन्छ एक नजर
अघोषित संस्थागत भ्रष्टाचारमाथि ?

शम्भु अर्याल , वालिङ – ६,
मिर्दी, स्याङ्जा ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.