headline 1

स्याङ्जामा हट्यो निषेधाज्ञा : निर्धारित समयमा मात्रा किनमेल गर्न पाइने

प्रजिअ भन्छन् , ‘१८ गते पछिको अवस्था हेरेर जिल्ला भित्रको आन्तरीक गतिविधि सहज बनाउने तयारीमा छौँ । ’

सुदीप सुवेदी
स्याङ्जा , १३ भदौ
कोरोना महामारीको कारण लागू गरिएको निषेधाज्ञा र लकडाउन स्याङ्जामा हटाइएको छ । निषेधाज्ञा हटाइए पनि अनावश्यक हिँडडुल गर्न भने रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।
जिल्ला कोरोना संङ्कट व्यवस्थापन समिति स्याङ्जाको बैठकले १८ गते राती १२ बजे सम्म लागु हुने गरि अनावश्यक जमघट , सवारी साधनको प्रयोग र हिँडडुल गर्न स्थगन गरेको क्षेत्रीले बताए । उनले भने, ‘जिल्लामा नयाँ संङक्रमण घट्दै गएको छ । १८ गते पछिको अवस्था हेरेर जिल्ला भित्रको आन्तरीक गतिविधि सहज बनाउने तयारीमा छौँ । ’

स्याङ्जामा कोरोना संङ्क्रमणको संख्या न्युन हुँदै गएपछी केही खुकुलो बनाइने तयारी भएको प्रशासनले जनाएको छ । अहिले सम्म जिल्ला भर ३१० जना संङ्क्रमित पुष्टि भएको मध्ये ३०३ निको भएर घर फर्केका छन् , २ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ५ जना आइशोलेशनमा छन् ।
निषेधाज्ञा हट्यो भन्दैमा लापरबाही गर्न नहुने बताउँदै नाकामा कडाइ गर्ने र बाहीर बाट आएकालाइए संबन्धित पालिकाको क्वारेन्टाइनमा राखिने प्रजिअ क्षेत्रीले बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.