सुशील सुवेदी
स्याङ्जा , भदाै १९
बुढापाकोको एउटा उखान निकै प्रचलित छ ‘दुध घोटेको कुराउनी कतिलाइ पुर्याउनी । ’ ’ अहिले देशभर युरीया मलको अवस्था यस्तै भएको छ ।
जिल्लाभर १३०० युरिया मलको माग भएपनि ४२ मेट्रिक टनमात्र आपूर्ती भएपछि मल लिन आएका किसान रित्तो हात फर्किन बाध्य भएका छन् ।
यस वर्ष बाट गण्डकी प्रदेश सरकारले धानमा आत्मनिर्भर बनाउन प्रदेशमा चक्लाबन्दी धान खेतीलाइ प्रबद्र्धन गरेको थियो । यस वर्ष लकडाउनको कारण पनि बाँझो जमिनमा धान लगाउने कृषकको संख्यामा वृद्धि भएको कृषि ज्ञान केन्द« स्याङ्जाका प्रमुख शालिग्राम अधीकारीले बताए । तर , भदौको तेस्रो हप्ता लाग्दा पनि कृषकले पर्याप्त युरिया मल नपाएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
भदौको तेस्रो हप्ता लाग्दा पनि किसानले युरीया मल नपाएपछी चिन्तित बनेका छन् । अत्याधिक माग भएपनी आपूर्ती न्युन भएको युरीया मल किन्न बोरा लिएर बिहानै देखी लामबद्ध किसान रित्तै फर्किन बाध्य भएका हुन् । जिल्लामा १३०० मेट्रिक टन युरीया मलको माग भएपनी ४२ मेट्रिक टनमात्र आपूर्ती भएको छ ।
कृषि सामाग्री कम्पनी स्याङ्जाले आपूर्ति गर्नुपर्ने मलमा बेवास्ता गरेपछि जिल्ला सहकारी संघ मार्फत ४२ मेट्रिक टन युरीया मल जिल्ला भित्रिएको थियो । साल्ट ट्रेडिङ करपोरेशनबाट ल्याइएको ८४० बोरा युरीया मल जिल्ला सहकारी संघले जिल्ला भित्र रहेका ३१ सहकारीलाइ बितरण गरेको थियो । दामासाही रुपमा बितरण गरिएको मल पनि लामबद्ध किसानले प्राप्त गर्न सकेनन् ।
गत बर्ष ६८ हजार किलो मल बिक्री गरेको महालक्ष्मि बहुउदेद्दिय सहकारी संस्थाले यस बर्ष १५०० किलो युरीया मल मात्र बिक्री गरेको सहकारीका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए । उनी भन्छन् , ‘ कृषकले आफ्नो नाम दर्ता गरेको आधारमा एक कृषकलाइ ५ किलो मल वितरण गरियो । न नाम दर्ता गराएका सबै कृषकले मल पाए न त सहकारीका शेयर सदस्यले । ’
माटोको उर्वरा शक्ति हटाउने यस्ता रासायनिक मलको पर्खाइमा बस्नुभन्दा परनिर्भरता हटाउँदै बैकल्पिक विधि अबलम्बन गर्न किन सकिदैन ? सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।