पाल्पामा हट्यो निषेधाज्ञा

निजी सवारी साधन जोर विजोर प्रणाली बाट संचालन हुने, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

सुमन कार्की
पाल्पा, भदौ २० ।
कोरोना सक्रमण जोखिम लाई मध्यनजर गर्दै पाल्पामा लगाएको दुई हप्ते निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ ५ गते देखी १९ गते सम्म लगाएको निषेधाज्ञा भदौ २० गते देखी लागु हुने गरी हटाएको हो ।
कोरोना सक्रमणको जोखिम हँदा हुदै पनि सुरक्षा सावधानी अपनाएर विहान ७ बजे देखी बेलुका ५ बजेसम्म जिल्ला भित्र मात्र उद्योग व्यापार व्यबसाय संचालन गर्न पाईने, निजी सवारी साधन जोर विजोर प्रणाली बाट संचालन हुने, सबै किसिमका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बैक तथा वित्तिय संस्थाहरु सञ्चालन हुने, होटल रेष्टुरा डिपार्टमेण्टल स्टोर समेत सावधनी अपनाएर संचालन गर्न निर्यण भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
कोरोनाको जोखिम कायमै रहेकोले जिल्ला प्रवेश गर्ने सिमानाकाहरुमा कडाई गर्ने, व्यक्ति तथा सवारीसाधनहरु लाई प्रवेश निषेध गर्ने, बैक तथा वित्तिय संस्थाहरुमा कुपन प्रणाली लागु गर्ने, कर्मचारीहरुको कामकाजमा समेत आलोपालो व्यबस्था गर्ने, उधोगधन्दामा काम गर्ने कामदारहरु उद्योग भित्र मात्र बसेर काम गर्नु पर्ने , सरकारी तथा गैर सरकारी क्षेत्र तथा उधोगमा कार्यरत कर्मचारी बाहिरी जिल्लाबाट आउनु पर्ने भएमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने गरी निषेधाज्ञा हटाएको प्रजिअ न्यौपानेले बताए । निषेधाज्ञा हटेपनि यस जिल्ला भित्र संचालन हुदै आएको सार्वजनिक सवारी साधन चलाउने नपाईने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.