नेकपा वालिङ वार्ड न २ कसेदी सियाले टोलको टोल भेला सम्पन्न भएको छ । कसेदी र सिंयालेको पहल मा राखीएको युवा भेला युवा संघ वालिङ २ का पुर्व अध्यक्ष अनिल गैह्रको अध्यक्षतामा सम्पन्न भएको हो । अहिलो चरणमा कसेदी सिंयालेको भेला सम्पन्न गराउने र छप्राक ,सिमलचौपारी र बयडाँडामा अर्को भेला राख्ने योनजामा रहेको गैह्रको भनाइ छ ।
युवा हरुको बाक्लो उपस्थिति मा आयोजना गरिएको भेला मा ६२ जना युबा हरुलाइ नेकपा को सदस्यता बितरण गरिएको थियो भने समसामयिक बिषयमा प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रम मा नेकपा जिल्ला नेता उदय श्रेस्ठ कृष्ण खाँड नगर अध्यक्ष राजेन्द्र डुम्रे दिलिप बगाले पुन्य अर्याल शोभाकान्त पौडेल गिरमान गुरुङ मोहन खनाल लगाएत को उपस्थिति रहेको थियो । नुमकान्त गैह्रे को अध्यक्षतामा सन्चालित कार्यक्रम को सन्चालन वार्ड कमिटि अध्यक्ष घनश्याम काफ्ले ले गर्नु भएको थियो ।