आइपिएलको पहिलो खेलामा चेन्नईको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपरकिंग्सले विजयी सुरुवात गरेको छ।
चेन्नईले शनिबार राति सकिएको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्यो।
मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नईले ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो।
चेन्नईका लागि आम्बाती रायुदुले ४८ बलमा ७१ रन जोडे। यस्तै फाप डु प्लेसिसले नटआउट ५८ रनको योगदान दिए।
बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स पाटिनसन, जसप्रित बुमराह, राहुल चाहर र क्रुनाल पाण्ड्याले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन जोड्यो। मुम्बईका लागि सौरभ तिवारीले सबैभन्दा बढी ४२ रन जोडे।
क्वान्टन डे कक ३३ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए। यस्तै दीपक चाहर र रवीन्द्र जडेजाले २-२ विकेट हात पारे।
आइपिएलमा आइतबार राति दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जावबीच खेल हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.