headline 1गण्डकीमोफसल

अपराध मुक्त हुँदै स्याङजा एकै दिन १ सय ११ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २०

जिल्ला प्रहरी कार्यालय स्याङजाले एकै दिन बुधबार १ सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । ठुलो सफलता प्राप्त गरेको स्याङजा प्रहरीले जिल्लामा रहेका १ वडा, २ ईलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट ७ वटा युनीट मार्फत फरार प्रतिवादी पक्राउ गरेको हो ।

कर्तव्य ज्यान, हातहतीयर तथा खरखजना, जवरजस्ती करणी, शार्वजनिक अपराज अन्तर्गत चोरी, डकैती, बहुविवाह लगायत विभिन्न किसिमका अपराधहरुमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए । प्रहरी कार्यालयले १ सय ११ प्रतिवादीहरुलाई पक्राउन गरि जिल्ला अदालतमा बुझाएको उपरीक्षक बोगटीले जानकारी दिए ।

 

पक्राउ परेका फरार प्रतिवादीहरु १ सय ११ जना मध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । पक्राउ परेका १ सय ११ जना फरार प्रतिवादी मध्ये ९९ जना जरिवाना तिरेर छुटेका छन् भने कर्तव्य ज्यान, हातहतीर र जवरजस्ती करणीका १२ जना थुनाका लागि प्रहरीले जिल्ला कारागारमा बुझाईएको छ ।

फरार प्रतिवादीहरुलाई प्रहरीले जिल्लाको फेदीखोला, पुतलीबजारको आसपास, वालिङ नगरपालिका र आँधिखोला गाउँपालिका क्षेत्रहरुबाट पक्राउ गरेको हो । त्यसैगरी स्याङजा प्रहरीले विरुवा गाउँपालीका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालिगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रहरुबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।


समाजलाई अपराध मुक्त बनाउन स्याङजा प्रहरी सक्रिय रहेको बताउदै एसपी बोगटीले फरार प्रतिवादीको पक्राउले अन्य व्यक्तीहरुले समाजमा अपराधीक क्रियाकलाप नगर्ने अनुसन्धानबाट खुलोको बताए । बोगटीले अन्य जिल्लाको तुलनामा रचनात्म कार्य गर्ने उद्देश्यले फरार प्रतिवादी पक्राउ गर्ने सोच बनाएको बताउदै आफु स्याङजा आउदा प्रहरी संगठनको कार्यक्रम अनुसार प्रतिवादी पक्राउ गरेको जानकारी दिए ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङजा रचनात्मक तथा उदाहरणीय कार्य गर्दै अगाडी बढीरहेको बेला करिब २ सय १९ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा परेको छन् । जिल्लामा रहेका फरार प्रतिवादी मध्य करिब २५ प्रतिशतको मृत्यु भईसेकेको, करिब २५ प्रतिशत नाम र ठेगाना नमिल्ने रहेका प्रहरीले जानकारी दिएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.