headline 1कृषिगण्डकी

कोरोना प्रभावितलाई बिउबिजन र कृषि सामाग्री

उपप्रमुख कल्पना तिवारीले भनिन् उनले भनिन् ,‘सहकारी मार्फत सामुहिक खेती गर्दा सबै तिरबाट सहयोग पनि मिल्छ र सामुहिकताको बिकास पनि हुन्छ ।’

मेरो दृष्टि संवाददाता
स्याङ्जा , २४ कार्तिक
वालिङ नगरभित्र रहेका कोरोना प्रभावित कृषकलाई मागको आधारमा बिउबिजन तथा कृषि औजार बितरण गरिएको छ ।
“कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिदेशबाट फर्केका र स्वदेशमै रहेका एकहजार कृषकलाई तालिम र सामाग्री बितरण गरिएको हो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा बिदेशबाट फर्केका २४० र स्वदेशमा रहेका ८०० कोरोना प्रभावित कृषकलाई पहिचान गरिएको थियो ।
पहिचान भएका कृषकलाई उद्यमशिलता तथा नवप्रर्वतन कोष अन्तर्गत कम्तिमा २० जनालाई ५० हजार नगद र सामाग्री समेत बितरण गरिने दियालो युनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले बताए । उक्त कार्यक्रम वालिङ नगरभित्र सञ्चालित ३० वटा बिषयगत सहकारी मार्फत वितरण गरिने डुम्रेले बताए ।
सोही कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले सामुहिक रुपमा खेती गर्दा उत्पादन बढाउन सहज हुने बताईन् । उनले भनिन् ,‘सहकारी मार्फत सामुहिक खेती गर्दा सबै तिरबाट सहयोग पनि मिल्छ र सामुहिकताको बिकास पनि हुन्छ ।’
परियोजना अन्तर्गत उत्पादकत्व बढाउन बिभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेकाछन् भने उद्यमशीलता प्रवद्र्धनका लागि बिभिन्न क्रियाकलाप सञ्चालन भईरहेकाछन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.