मंसिर १, पैयूँ । भाइटिकाको दिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल पर्वतको पैयूँ पुगेर जोखिम बस्तीको अनुगमन तथा अवलोकन गर्नु भएको छ । मन्त्री अर्यालले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक स्थित अत्यन्तै जोखिमा रहेको आरुगैह्रा दलित बस्तिको अवलोकन गर्न गर्नु भएको हो ।
उक्त बस्ती अत्यन्तै जोखिमा रहेको र गत साउनमा पहिरो जादा २ घर समेत पुरिएको थियो । बस्ति स्थानान्तरण गरी सुरक्षित ठाउँमा घर बनाई दिन पैयूँ ५ का युवा समुहले उहाँलाई बारम्बार आग्रह गरेका थिए । सोही कारण पैयूँ नै पुगेर बस्ती अवलोकन गरी सकेपछि बस्ती स्थानान्तरणको लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताउनु भयो । जोखिम बस्तीको अनुगमन गर्दै मन्त्री अर्याले भन्नु भयो एकिकृत बस्ती बनाउनको लागि सरकारले सहयोग गर्छ, तपाईहरुले काम अगाडी बढाउनुस । सबै प्रकृया पुरा गरेपछि केन्द्रबाट बजेट आउने उहाँले बताउनु भयो ।
सोही अवसरमा मन्त्री अर्यालले पैयूँमा अस्पताल बनाउन र मालपोतको विषयमा समेत आफुले सहयोग गर्ने बताउनु भयो ।
यता स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ हुल्काङमा पहिरोले बगाएको स्कुलको समेत मन्त्री अर्यालले अनुगमन गर्नु भएको हो ।