भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले शुक्रबार वालिङमा मालपोत कार्यालयको नवनिर्मित भवनको उद्दघाटन कार्यक्रममा बोल्दै भुमिको उचित उपयोग गर्नुपर्ने भन्दै अव आधुनिक प्रणालीको अधिकतम प्रयोग गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बेरोजगारलाई स्वोरोजगारमा परिणत गर्न भुमि बैंक ल्याईएको बताउदै मन्त्री अर्यालले भुमि बैंक मार्फत बाँझो खेतियोग्य जमिनको प्रयोग गरी उत्पादकत्व बृद्धि गर्ने भन्दै भन्नुभयो,‘भुमि बैंक पुँजीपतीलाई पोस्नका निमित्त होईन् । भुमि बैंकको प्रयोगले हाम्रा अधिकांश आवश्यकताहरु परिपुर्ति गर्छ ।’
राष्ट्रिय विकास, समृद्धि, लोकतन्त्र र शान्तिको स्थायित्व सरकारको लक्ष्य रहेको भन्दै सामाजिक सदभाव र राष्ट्रियता मुख्य मन्त्र रहेकाले यसमा सरकार स्पष्ट रहेको उहाँको जिकिर थियो ।
पद, मानिसको भौतिक शरिर जिवन्त नरहने भन्दै उहाँले भन्नुभयो, ‘जिवन्त, नविन काम गरौँ, अवसरको उचित सदुपयोग गरौँ ।’ सरकारले आफ्ना लक्ष्य र उद्देश्यहरु नभुलेको भन्दै उहाँले तिनै तह समन्वयकारी भुमिकामा रहेर जनमुखी काम गनुपर्ने बताउनुभयो ।
देशभरका मालपोत तथा नापी कार्यालयहरु सिष्टमको माध्यमबाट नमुना बन्ने उहाँको दावी गर्दै भन्नुभयो, ‘नापी तथा मालपोत कार्यालयहरुमा प्रविधिको प्रयोग गछौँ, प्रविधिको प्रयोगले सेवा प्रवाह छरितो हुन्छ, मान्छे आम्नेसाम्ने हुँन नपाएपछि भष्ट्राचार हुँदैन् ।’ प्रविधिको प्रयोगमा दक्ष जनशक्तिको अभावलगायतका चुनौतीहरु रहेपनि कर्मचारीको क्षमता विकास गर्ने पक्षलाई प्राथामिकता दिईएको उहाँले बताउनुभयो ।
देशभरका १३१ कार्यालयहरुलाई नमुना बनाईने भन्दै त्यसको शुरुवात स्याङ्जाबाट भएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘वषौँदेखिका ढड्डाहरुलाई डिजिटाईज्ड गछौँ । ढकुमेन्टलाई सफ्टओएरमा राख्छौँ । यी सबै काम सकेर मालपोत नापीलाई स्थानीय तहमा हस्तान्तरण गर्ने अभियानमा हामी जुटेका छौँ ।’ यसका लागी कानुनी र प्राविधिक जटिलता भएपनि संसोधन गरेरै भएपनि अभियानलाई सार्थकता दिने उहाँको भनाई छ । वान डोरको अवधारणामा मालपोत कार्यालय वालिङ मालपोत कार्यालय वालिङ १ रोपनी ४ आनामा फैलिएको छ । कार्यालयको भवन निर्माणका लागी २०७५ साल अशोज २६ गते मन्त्री अर्यालले नै शिलन्यास गर्नुभएको थियो । आशिष सिद्धबाबा जेभी निर्माणकर्ताले २०७५ असार ८ गते सम्झौता गरी २ वर्षमा सक्ने गरी काम थालनी गरेको थियो । कोभिडका कारण थप ५ महिना म्याद थप गरी भवन निर्माण सम्पन्न भएको हो । ५ करोड ६ लाख २ हजार ३ सय ८४ रुपैँया ३२ पैसामा कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । वान डोर अवधारणाका आधारमा बनेको भवनले सेवाग्राहीलाई कोठा कोठा जानुपर्ने बाध्यता हटेको मालपोत कार्यालय वालिङका प्रमुख रबिन अधिकारीले बताउनुभयो । भवन निर्माण गर्न संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले भष्ट्राचार मुक्त समाज निर्माण गर्ने सरकारको अभियान भएकाले सबै कार्यालयहरु प्रविधिमय हुनुपर्नेमा जोड दिनुभयो । साथै रेग्मीले सरकारको सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्न तिनै तहका सरकारबीचको समन्वयकारी भुमिका हुनुपर्नेमा जोड दिँदै सभापति रेग्मीले संघिय लोकतान्त्रिक समाज निर्माणमा यसले सहयोग गर्ने बताउनुभयो ।