headline 1

साझा प्रकाशनलाइ थप सहयोग नगर्ने मन्त्री अर्यालको भनाइ

मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन् ।

मंसिर १८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रगति गर्न नसक्ने साझा प्रकाशनलाई थप आर्थिक सहयोग गर्न नसक्ने बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री अर्यालले बिजनेस गर्न नसक्ने र संस्थागत सुधार पनि गर्न नसक्ने संस्थालाई पाल्न सरकारले सधै पैसा दिन नसक्ने बताएकी हुन् ।

साझा प्रकाशन कर्मचारी भिड्ने थलो भएकोले प्रगती गर्न नसकेको बताउदै काम नगर्ने कर्मचारीलाई निकाल्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो । मन्त्री अर्यालले आर्थिक अवस्थालाई सुदृढ बनाउन बिजेनस खोज्न समेत आग्रह गरिन् ।

त्यसभन्दा अगाडि साधारणसभा गरेर संस्थाका सञ्चालक परिवर्तन गरी संस्थालाई जीवन्त बनाउन समेत निर्देशन दिइन् । भर्चुअल माध्यमबाट भएपनि साधारण सभा गरेर काम गर्ने मान्छे सञ्चालक समितिमा ल्याउन उनले निर्देशन दिइन् । पुरानो विनियमलाई समातेर आधुनिक समयमा काम गर्न दिएन भन्दै बस्नु सबैभन्दा कमजोर पाटो रहेको पनि मन्त्री अर्यालले बताइन् ।

उनले विनियमलाई समय अनुसार परिवर्तन गरेर काम गर्न निर्देशन दिइन् । कर्मचारीबीच भिडन्त हुने अवस्थालाई अन्त्य नगर्दा सम्म संस्थालाई अगाडि बढाउन नसकिने उनको भनाइ थियो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.