headline 1कृषिदेश

पुतलीबजार नगरपालिकाद्धारा कृषकलाई ह्याचीङ मेसीन हस्तान्त्रण

मेरो दृष्टि सम्बादाता

सुर्योदय क्लब बाड्खोलाले एक कार्यक्रमका विच ह्याचीङ् मेसीन हस्तान्त्रण गरेको छ । क्बलले पुतलीबजार नगरपालिका–४, रामकोष फुलबारीमा रहेको थापा एग्रो तथा पोल्ट्री फर्मका संचालक ज्योती बाँनीया थापालाई ५० प्रतिशत अनुदानमा ह्याचीङ मेसीन हस्तान्त्रण गरेको हो । ह्याचीङ मेसीन हस्तान्तरण गर्दै पुतलीबजार नगरपालीका प्रमुख सिमाकुमारी क्षेत्रीले कुरा भन्दा पनी काम देखाउनु पर्छ भन्ने शिलशिलामा पुतलीबजार नगरपालिका अगाडी बढेको बताउदै उद्यम तथा कृषिलाई फोकस गरेर काम गरेको बताईन् । नगरप्रमुख क्षेत्रीले वडावासी तथा नगरवासीहरुलाई निर्वाह मुखी मात्रै नभएर उत्पादन मुखी तरीकाले कृषिमा काम गर्न अनुरोध गरिन् ।पुतलीबजार नगरपालिकाको कार्यालय र युएनडीपीको आर्थीक सहयोग तथा सुर्योदय क्लब बोडखोलाको व्यवस्थापनमा संचालीत कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरर्गत सामाग्री हस्तान्त्रण गरिएको थियो ।

ह्याचीङ मेसीन ग्रहण गर्दै थापा एग्रो तथा पोल्ट्री फर्मका संचालक बाँनीया थापाले ह्याचीङ मेसीनबाट सुलबदरमा विभिन्न कुखुराका चल्लाहरु विक्री वितरण गर्ने बताईन् । आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्ने समेत उनले जानकारी दिईन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.