एल.आई.सि (नेपाल) वालिङ शाखाद्वारा कोरोना सन्क्रमणका कारण मृत्यु भएको मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । एक बर्ष अघी एल.आई. सि (नेपाल्) वालिङ शाखा बाट तीनलाख बाराबरको बिमा गरेकी, भिरकोट नगरपालिका २ निवासी तोल कुमारी सारुको गत असोज २८ गते कोरोना सन्क्रमणका कारण मृत्यु भएको थियो ।
भिर्कोट नगरपालिकाका मेयर छायाराम खनालको प्रमुख आतिथ्यमा गुरुङ समाज घर भिर्कोटमा आयोजित मृत्युदाबी भुक्तानी कार्यक्रममा एजेन्सी मेनेजर रुक बहादुर गुरुङ र शाखा प्रमुख नरेन्द्र बिष्टले मृतकका श्रीमान धनबहादुर शारुलाई तीन लाख उनन्न्चालिस हजार छ सय रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले ब्याक्ती तथा देश समृद्धिका निम्ति संचितिको आवश्यक रहेको र त्यसको उत्तम विकल्प बिमा बन्नसक्ने बताउनुभयो । कार्यक्रममा शाखामा आबद्ध अभिकर्ता औं बहादुर गुरुङ, रबि गुरुङ, मृतकका परिवार सदस्य, आफन्त तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।