headline 1गण्डकी

बुहारीलाई जबर्जस्ती करणी गर्ने ससुरा पक्राउ

भारत देखि नै आफ्नो ससुरा बाट पीडीत बनेकी महिलाले प्रहरीलाई जाहेरी दिएसँगै ससुराले जबर्जस्ती करणी गर्दै आएको रहस्य खुलेको हो ।

मेरो.दृष्टि संवाद्दाता
स्याङजा , पुस २४
स्याङ्जामा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ । आँधीखोला गाउँपालिका—४, का ६० वर्षीय ससुराले एकाघरकी २१ वर्षीय बुहारीलाई मादक पदार्थ सेवन गर्ने र विगत ४ वर्षदेखि जबर्जस्ती करणी गरेको रहस्य खुलेको छ ।
घरेलु हिंसाबाट पीडीत भएकी महिला बिहे लगत्तै श्रीमान् र ससुरा सहित भारत बस्दै आएका थिए । भारत देखि नै आफ्नो ससुरा बाट पीडीत बनेकी महिलाले प्रहरीलाई जाहेरी दिएसँगै ससुराले जबर्जस्ती करणी गर्दै आएको रहस्य खुलेको हो ।
उनीहरु ४ वर्षं अगाडी भारत बस्दै आएको भए पनि पछिल्लो २ वर्ष यता नेपाल फर्केका थिए । प्रहरीले ससुरालाई जिल्ला अदालत पेस गरेको छ भने अदालतले ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ । श्रीमान सोझो भएको कारण ससुराले कमजोरीको फाइदा उठाएको पीडीत महिला बताउँछिन् ।
पारिवारिक घटना समाजको अगाडि बाहिर ल्याउँदा इज्जत जाने डरले दैनिक घरेलु हिंसा भित्रै लुकिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । यस्ता घटना निराकरण गर्न प्रहरीले बिद्यालयमा सचेतनामुलक कार्यक्रम अघि बढाएको बोगटीको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.