भरुवा बन्दुक सहित स्याङ्जाको चापाकोट नगरपालिका बाट एक जना ब्याक्ती पक्राउ

भरुवा बन्दुक सहित स्याङ्जाको चापाकोट नगरपालिका बाट एक जना ब्याक्ती पक्राउ परेका छन् । गत पुस २४ गते गोप्य सूचनाका आधारमा खानतलासी गर्दा चापकोट न पा ३ का ४७ बर्सिय गोपाल कामी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी अधिकृत सहितको टोलिले निज कामिलाई एक थान भरुवा बन्दुक र पाँच थान नाल सहित पक्राउ गरि हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट पुस २६ गते सात दिने म्याद थपी अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारिले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.