headline 1गण्डकी

जन्मदिनको अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक

मानन्धरले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।

सुशील सुवेदी
स्याङ्जा , १० माघ
जन्मदिनको अवसरमा केक काट्ने , परिवार भेला हुने खुशीयाली मनाउने संस्कार हाम्रो समाजमा विकसित हुँदै गएको छ । अझ पछिल्लो समय जन्मदिनमा खर्च हुने पैसा सामाजिक कार्यमा प्रयोग गर्ने प्रचलन पनि बढ्दै गएको छ ।
यसैको उदाहरण हरीनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर बनेका छन् । मानन्धरले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरेका छन् । यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै पोशाक वितरण गरिएको अध्यक्ष मानन्धरले बताए ।
मानन्धरले शुक्रवार आँफूले अध्यायन गरेको पिताम्वर माध्यामिक विद्यालयका ४५० विद्यार्थीलाई विद्यालयको पोशाक प्रदान गर्ने अभियान शुरु गरेका हुन् । अध्यक्ष मानन्धरले आँफूले पाउने तलव भत्ता बाट सामुदायिक विद्यालयमा अध्यायनरत पालिकाभरिका सबै विद्यार्थीलाई डे«स उपलब्ध गराउने बताए ।
उनले भने , ‘यहाँका ३० सामुदायिक विद्यालयमा अध्यायनरत ३५०० विद्यार्थीलाइ पोशाक प्रदान गर्ने अभियान छ । ’ उनले ३७ औँ जन्मोत्सवको अवसरमा यो अभियान शुरु गरेका हुन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.