headline 1गण्डकीस्वास्थ्य

स्वास्थ्यकर्मीको लापरबाहीले बच्चीको ज्यान गएपछि अस्पतालमा तालाबन्दी (भिडियो सहित)

१ घण्टा सम्म स्वास्थ्यकर्मी खोज्न समय लागेको कारण बच्चीको निधन भएको आरोप परिवारले लगाएको छ ।

सुशील सुवेदी

स्याङ्जा, २३ माघ

स्याङजाको भीरकोट नगरपालिका–१, स्थित हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा लापरवाही भएको भन्दै स्थानीयवासीले अस्पतालमा तालान्दी गरेका छन् । अस्पतालको ड्युटीमा खटिने डा. लगाएत स्वास्थ्यकर्मीले २४ सै घण्टा सेवा प्रवाह गर्नुपर्ने भएपनि समयमा सेवा प्रवाह नभएको कारण एक बच्चीको ज्यान गएपछि तालाबन्दी गरिएको हो ।

भीरकोट–७, तिलाहरका याम बहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको विरामी पश्चात उपचारका लागि बिहीबार बिहान ५ बजे अस्पताल ल्याइएको थियो । अस्पतालले उपचारमा ध्यान नदिएको र १ घण्टा सम्म स्वास्थ्यकर्मी खोज्न समय लागेको कारण बच्चीको निधन भएको आरोप परिवारले लगाएको छ ।

२०६३ सालमा १२०० जना स्थानीयवासीको जनश्रमदान र आर्थीक सहयोगमा स्थापना गरिएको यो अस्पतालमा स्रोत साधन भएपनि कर्मचारीलाई तलब दिने निकाय नहुँदा सामान्य सेवा पनि प्रदान गर्न नसकिएको स्वास्थ्यकर्मीको भनाई छ । अस्पतालका लेखापाल अर्जुन खनाल भन्छन् , ‘२ वर्ष भयो मैले पनि तलब खाएको छैन । तलब नखाने स्वास्थ्यकर्मी ७ जना छन् । धेरैले तलब नपाएकै कारण जागिर छाडे ।’

५० शैया यो अस्पतालमा स्वास्थयकर्मी र उपकरण भएपनि समितिको लापरवाहीको कारण सेवा प्रवाह हुन नसकेको अस्पतालमा कार्यरत स्टाफ नर्स श्रीसा श्रेष्ठको भनाई छ । श्रेष्ठ भन्छिन् , ‘हाम्रो समितिले राम्रो संग व्यवस्थापन गर्न नसक्दा लापरबाही बढेको छ । सेवा सुविधा छैन । काम गर्ने जाँगर कसरी आउँछ । एक्सरे सेवा बन्द भएको ३ महिना भयो । ’

नाम अस्पताल भएपनी काम भने लापरवही हुँदा जनताले सास्ती पाउने कहिले सम्म सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

For Video Click Here

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.