headline 1गण्डकीमोफसल

स्याङजा जिल्लाका सबै उद्योग वाणिज्य संघहरुको भेला सम्मपन्न

फागुन,नारायण चापागाइ

वालिङ उद्योग वाणिज्य संघको आतिथ्यमा स्याङ्जा जिल्लाका विभिन्न उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला भित्र तथा यस क्षेत्रमा उद्योग ब्यापार ब्यवसाय सञ्चालनका क्रममा देखा परेका विभिन्न ब्यवसायिक समस्याहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको अध्यक्षता तथा महासचिव केशरबहादुर खाँण ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ तथा सदस्य रविन केसी, भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, निवर्तमान अध्यक्ष लेखनाथ भट्टराई, कोषाध्यक्ष बलराम श्रेष्ठ, सहकोषाध्यक्ष होमलाल भट्टराई र वालिङ उद्योग वाणिज्य संघबाट सल्लाहकार चेतनारायण श्रेष्ठ सदस्य गोविन्द तिवारी, मदिरा ब्यवसायी संघका जिल्ला अध्यक्ष खिमानन्द पराजुली, संघका कार्यकारी सचिव बाबुराम रेग्मी लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
छलफलका क्रममा ब्यवसायिक क्षेत्रमा देखिएका विभिन्न समस्याहरु जस्तैः न्युन बिजकीकरणबाट उत्पन्न समस्या, सिद्धार्थ राजमार्गको राम्दी पुलको भारवहन क्षमता वृद्धि वा वैकल्पिक पुल निर्माण गर्नुपर्ने, बैंकको ब्याजदर सिंगल डिजिटको हुनुपर्ने, पहाडी क्षेत्रका वितरक तथा होलसेलरहरुलाई भीसीटीएस अनिवार्य गरिनु नहुने, कर, अन्तःशुल्क, घरेलु नवीकरण लगायतका सेवामा एसएमएस सेवा हुनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षाको ब्यवस्था मिलाउनुपर्ने, सबै खाले आय आर्जन गरेका ब्यक्तिहरुलाई करको दायरामा ल्याउनुपर्ने, ब्यवसायी मैत्री घरबहाल नीति बनाई लागु गरिनुपर्ने, घरबहाल वृद्धि गर्दा मनोमानी नभई एक मापदण्ड तोकिनुपर्ने, साना तथा खुद्रा ब्यवसायीले महासंघको अनुभूति गर्न सक्ने खालका गतिविधि महासंघबाट हुनुपर्ने, भारतीय मुलका र अन्य घुम्ती ब्यापारीहरुलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनुपर्ने लगायतका बिषयहरु मुख्य रुपमा उठेका थिए । त्यसैगरी करको दायरामा सबै ब्यापारीहरुलाई अनिवार्य रुपमा ल्याउनका लागि नीति मात्र भएर नहुने स्थलगत रुपमा अध्ययन गरेर सहजीकरण गर्नुपर्ने, छापामार शैलीको अनुगमन प्रणालीलाई परिमार्जन गरी सहज तथा ब्यापक बनाउनुपर्ने, साथै उद्योग वाणिज्य संघहरुले पनि आवश्यक परेका बेला सही तथ्याङ्क लिन सकिने गरी सबै ब्यवसायीहरुलाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने जस्ता बिषयहरुमा छलफल गरी विभिन्न निर्णयहरु समेत गरेको छ ।
सो अवसरमा संघका अध्यक्ष एवम् केन्द्रीय सदस्य पौडेलले जिल्लाभित्रका सबै उद्योग वाणिज्य संघहरुलाई एक ठाउँमा राखी ब्यवसायिक समस्याहरुको बारेमा एक मना एकताकासाथ एउटै धारणा बनाउने र विभिन्न समस्याहरुलाई सामुहिक पहलद्वारा समाधान खोज्ने उद्देश्यले यस्तो कार्यको शुरुवात गत २०७६ असारमा कोभिड–१९ तथा लकडाउनबाट ब्यवसायिक क्षेत्र थला परेको अवस्थामा वालिङबाट थालनी गरिएको र यो दोस्रो बैठकको रुपमा भएको बताउनुभएको छ । पौडेलले यस बैठकबाट निकालिएको निष्कर्षलाई नै आसन्न नेपाल उद्योग वाणिज्य महासंघको बैठकमा प्रस्तुत एवम् छलफल गर्ने तथा स्थानीय र प्रदेश सरकारबाट सम्बोधन हुने खालका समस्याहरुलाई तत् तत् निकायसँग आवश्यक पैरवी गर्ने बताउनुभएको छ । जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुबाट यस किसिमको बैठक आगामी दिनमा हरेक ३र३ महिनामा क्रमशः सबै उद्योग वाणिज्य संघले आतिथ्य गरी आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.