अर्जुनचौपारी गाउँपालिकाद्वारा गाउँगाउँमा औषधी बितरण

२०७८ बैशाख २७ गते, सोमबार

वालिङक,२७ वैशाख– कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएको अवस्थामा अर्जुनचौपारी गाउँपालिकाले गाउँगाउँमा पुगेर औषधी बितरण गरेको छ ।
गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङको नेतृत्वमा स्वास्थ्य शाखा र आयुर्वेदिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीको टोलीले ५ नम्बर वडाको गाउँगाउँमा पुगेर क्वारिन्टिनमा बसेकाहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी बितरण गरिएको हो । यसैगरी वडा नम्बर ४ र ५ मा गर्भवती महिला र स्वास्थ्य स्वेमसेवीकालाई घरघरमा भेटेर गर्भवती महिलाहरुको लागि क्यालसियम चक्कि समेत बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले कोरोना संक्रमण बढ्दै गएकोले संक्रमणबाट बचन र संक्रमण भइहालेको अवस्थामा रोगप्रतिरोधात्मक क्षमता बढाउन सहायोग पुग्ने खालका औषधीहरु बितरण गरिएको बताउनुभयो । उपाध्यक्ष गुरुङले भन्नुभयो, “कोरोना संक्रमणको तरासका कारण सर्वसाधारण स्वास्थ्य संस्थाका साथै गाउँपालिका सम्म आउँन डराइरहेको अवस्था छ , त्यसैही हामी नै गाउँगाउँमा पुगेर आवश्यक सल्लाहा सुझावका साथै गर्भवती महिला र स्वास्थ्य स्वेमसेवीकाहरुलाई घरघरमा पुगेर भेट गरी क्यालसियम लगायतका औषधीहरु वितरण गरेका हौँ ।”

गाउँपालिका उपाध्यक्ष गुरुङले कोरोना संक्रमण बढ्दै गएको अहिलेको अवस्थामा मनोबल उच्च राखेर स्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न समेत गाउँपालिका बासिलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.