अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन दिन्न ः मन्त्री अर्याल्

कला राना,वालिङ ४ जेष्ठ ।

कृषि तथा पशुपंक्षी विकास पद्मा अर्यालले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको छ । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भईरहेका बेला मन्त्री अर्यालले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको हो ।

गृह जिल्ला स्याङ्जा र गण्डकी प्रदेशलाई आवश्यक स्वास्थ्य सामाग्री पठाउनुभएकी मन्त्री अर्यालले थप आवश्यक सामाग्री पठाउनका लागी सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । जिल्लामा अक्सिजन प्लान्ट निर्माणको कार्य अगाडि बढिसकेको उहाँले बताउनुभयो । महामारीको रोकथामका लागी सबैले हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको भन्दै हरेक नागरिकलाई समेत सचेत बन्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदी र बरिष्ठ प्रहरी उपरिक्षक होविन्द बोगटीको रोहबरमा अक्सिजन सिलिन्डर, सर्जिकल मास्क, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन कीट, पिपिइ सेट, ह्यान्ड स्यानिटाइजर, सर्जिकल ग्लव्स, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिमिटर तथा अन्य स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.