एक्लो पिपल – कविता

प्रतिविम्व : पिपलले दिने अक्सिजन र अहिलेको अक्सिजन नपाएर छट्पटाहाट

 

खोई, आज पनि देखिन, बा,

तपाई साच्चै हराउनुभएको हो र?

धेरै हप्ता बित्यो बा,

तपाईले चौतारोको डिल नटेकेको

मेरा पद छुदै नघुमेको

मलाई साक्षि राखि धेरैलाई उपदेश नदिएको

सधैजसो दिउसो घण्टौ मेरा फेदिमा गिताका पाठ नसुनाएको

बाटोमा हिडेकालाई नबोलाएको,

खैजँडी पिटेर हरि भजन नगाएको।

खोई आज पनि देखिन तपाई,

ए! बा, साच्चै तपाई हराउनुभएको हो र?

कालो छाता ओडेर,

दौराको भेषमा राधेश्यामको पछेउरी काधँमा लौरो टेक्दै

धमिला आँखा देख्दै नदेख्दै, द्ख्दै नदेख्दै।

दिनकै चौतारी नआई ,

सबैलाई जम्मा नगराई मनले मानेन भन्नुहुन्थ्यो

हावा नचले पनि हल्लिने,

पात पिपल हो भन्नुहुन्थ्यो

मेरा पात पलाँउदा तपाई मुस्कुराउनु हुन्थ्यो

मेरा गुण सबैलाई सुनाउनुहुन्थ्यो

म जस्ता अझ धेरै सार्ने भन्नुहुन्थ्यो

मलाई आफ्नै प्राणको भुड्को मान्नुहुन्थ्यो।

शनिबार ,हो यहि शनिबार मलाई चारैतिर ढुङ्गाले चिन्ने भन्नुहुन्थ्यो।

खोई? आज पनि देखिन त बा,

तपाई साच्चै हराउनुभएको हो र?

म त एक्लो भए तपाई नआएपछि,

हो ,साच्चै तपाई नआएपछि

मेरा पात सल्बलाछन्

मुस्कुराउने महार छैन,

म शान्त रहन्छु ध्यान गर्ने मन छैन,

म अटल रहन्छु , मलाई जिस्काउने ज्यान छैन।

ए! बा के मेरो पवन थोरै भए र तिम्लाई?

के मेरो शितलता रोग भए र तिम्लाई?

कि शहरिया सिलिन्डरको भरमा बस्न थाल्यौ र

ए!बा, खोई आज पनि देखिन त साच्चै , तपाई हराउनुभएको हो र?

लेखक सुवेदी मेरो दृष्टिको समेत संवाददाता हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.