headline 1

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

सुशील सुवेदी
स्याङ्जा , जेठ ३०

स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ ।
गए रातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण फेदीखोला २ को भालुपहाडमा पहिरो गएको थियो । दुवैतर्फ सवारी साधन सुचारु हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
राति २ बजे ठुलो चट्टान सहित पहिरो खसेको थियो । सडक डिभिजन पोखराबाट ल्याइएको डोजर , प्रहरी र स्थानीयवासीको सक्रियतामा राजमार्ग एकतर्फी खुलाइएको हो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.