headline 1गण्डकीस्वास्थ्य

स्याङ्जामा असार २५ सम्म थपियो निषेधाज्ञा

‘सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गएको भएपनि चेन ब्रेक नभएको कारण थप १० दिनको लागि निषेधाज्ञा थप गरेका छौँ ’,प्रजिअ नेपालले बताए ।

सुदीप सुवेदी
स्याङ्जा , असार १५

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असार २५ सम्म निषेधाज्ञाको म्याद थप गरेको छ । नयाँ भेरियन्ट सहित कोभिड १९ को सक्रमितको संख्या विद्यमान रहेको भन्दै निषेधाज्ञाको म्याद थपिएको हो । ‘सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गएको भएपनि चेन ब्रेक नभएको कारण थप १० दिनको लागि निषेधाज्ञा थप गरेका छौँ ’,प्रजिअ नेपालले बताए ।

दोस्रो चरणको भेरिएन्ट सहितको कोरोना संक्रमण भएसँगै स्याङ्जामा बैशाख २१ गतदेखि निषेधाज्ञा शुरु गरिएको थियो । जारी निषेधाज्ञा अवधीभर अनावश्यक हिँडडुलमा रोक लगाइएको भएपनि अत्यावश्यक पसल , बित्तिय संघसंस्था लगाएतका क्षेत्रलाई खुकुलो बनाइएको छ । पसलहरु बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खुल्ला राख्न पाईने छ । विवाह ब्रतबन्ध जस्ता कार्यमा बढीमा १५ जनामात्र स्वास्थ्यको मापदण्ड अपनाएर सहभागी हुने पाईने छ भने नीजि तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागू गरिएको छ ।

स्याङ्जामा कोरोना संक्रमण पूर्ण रुपमा अन्त्य नभएको कारण निषेधाज्ञा थपिएको प्रशासनले जनाएको छ । दोस्रो लहरको कोरोना संक्रैमित भई हालसम्म जिल्लामा ९६ जनाको मृत्यु भएको छ भने ३ हजार २ सय ४६ संक्रमित भएका थिए जसमध्ये दुई सय ३२ सक्रिय संक्रमित रहेका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.