वालिङ साना किसान कृषी सहकारी संस्थाले आफ्ना सेयार सदस्यहरुलाई फलफुलका विरुवा वितरण गरेको छ । सहकारीले आफ्ना सदस्य किसानहरु लाई २ हजार विरुवा बितरण गरेको हो ।
वालिङ नगरपालिका कृषी शाखा प्रमुख केश बहादुर थापा, सस्थाका अध्यक्ष सिता पाण्डे, सल्लाहकार संयोजक राजेन्द्र डुम्रे लगायतको उपस्थितिमा सुन्तला ८५० वटा, कागती १ हजार, लिची ५० तथा आँप सय वडा बिरुवा वितरण गरेको हो ।
सेयर सदस्य हरुले प्रति बिरुवा १० रुपैयाका दरले विरुवा लगेका हुन् । किसानहरुलाई कृषिमा आर्कषित गर्नका लागी यस्ता कार्यक्रमले थप टेवा पुग्ने संस्थाका सल्लाहकार संयोजक डुम्रेले बताउनुभयो ।
यसैबीच उता जनशक्ति बचत तथा ऋण सहकरीले समेत किसानलाई कृषि औजारहरु वितरण गरेको छ । भूमी ब्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालयको सहयोगमा तालिम सहित तथा उपकरण बितरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दिलिप बगालेले व्यवसायिक कृषिमा लाग्नुपर्ने भन्दै आवश्यक प्राविधिक तथा सिपमुलक तालिम सरकारले दिने बताउनुभयो । कृषि विना समृद्धि संभव नरहेको भन्दै कृषकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साना किसानका सल्लाहकार संयोजक राजेन्द्र डुम्रे, समाज सेबी युबराज गौतम लगाय ले शुभकामना दिनु भएको थियो । कार्यक्रममा टनेल प्लास्टिक, मल्चिङ प्लास्टिक, डिजिटल तुलो, बिउ बिजन स्पेयर मेसिन लगायतका सामग्री समेत वितरण गरिएको थियो ।