देवचुलीमा १७ जना नेपाली काँग्रेसमा प्रवेश

मेरो दृष्टि संवाददाता
नवलपुर , असार २३

देवचुली नगरभित्र विभिन्न राजनैतिक दल परित्याग गरि १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रजहरमा आयोजीत एक कार्यक्रमका विच एमाले, माओवादी केन्द्र, राप्रपा लगाएतको पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई टीका–खादा लगाएर पार्टी प्रवेश गराएको नेपाली कांग्रेस देवचुली नगर समितिले जनाएको छ ।


नवप्रवेशी सवैलाई नेपाली काग्रेसका नेता एवं संविधान सभा सदस्य महेन्द्रध्व जिसीले पार्टीमा स्वागत गरेका हुन् ।
देवचुली नगरपालिकाका मेयर एवं नेपाली काग्रेस देवचुली नगर सभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित नवप्रवेशी स्वागत कार्यक्रममा प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रका सदस्य एवं रजहर प्राकृतिक चिकित्सालय सञ्चालक समितिका अध्यक्ष सन्तबहादुर क्षेत्री, वहाँका परिवारका सदस्य सहितका रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.