बुलिङ्गटारमा श्रावण १ गते देखि बिद्यालय खुल्ने

खगेन्द्र पराजुली

नवलपुर ,असार २७

पहाडी गाउँपालिका बुलिङ्गटारमा श्रावण १ गते देखि बिद्यालय सञ्चालन हुने भएको छ ।
विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर विद्यालय संचालन गर्न गाउँपालिकाले निर्देशन गरेको छ ।
गाउँपालिकाको पछिल्लो बैठकले बैठकले विद्यार्थीलाई बिद्यालयमै उपस्थित गराएर पठन–पाठनका क्रियाकलाप सुचारु गर्ने निर्णय भएसँगै सोही अनुसार गर्न सूचना गरिएको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बैशाख २१ गतेदेखि जिल्लाका सवै बिद्यालय बन्द थिए ।
पहाडी क्षेत्र भएकाले ईन्टरनेट लगायतको बैकल्पिक बिधि सर्वसुलभ नहुँदा, सबैसँग ईन्टरनेट चल्ने मोवाईल पनि नभएकाले अनलाईन शिक्षाको पहुँच सवैमा पुर्याउन नसक्दा बालबालिकाको पढाईमा असर परेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रत्यक्ष शैक्षिक क्रियाकलाप गर्नुपरेको शिक्षा शाखा बुलिङ्टारका प्रमुख बुद्धप्रसाद रानाभाटले जानकारी दिए ।
बैशाखयता बुलिङटारका ९४ जनामा संक्रमण पुष्टि भएकोमा ८५ जना भने निको भैसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
र परेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रत्यक्ष शैक्षिक क्रियाकलाप गर्नुपरेको शिक्षा शाखा बुलिङ्टारका प्रमुख बुद्धप्रसाद रानाभाटले जानकारी दिए ।
बैशाखयता बुलिङटारका ९४ जनामा संक्रमण पुष्टि भएकोमा ८५ जना भने निको भैसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ । ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.