headline 1गण्डकीदेशस्वास्थ्य

संक्रमित निको भएपछि आयो नयाँ भेरीएन्टको नतिजा

सुशील सुवेदी
स्याङ्जा , असार २७
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले स्याङ्जामा २ जनालाई नयाँ भेरीएन्ट पुष्टि भएको प्रेस विज्ञप्ती जारी गरेको छ । कालिगण्डकी गाउँपालिकाको १४ र ६० वर्षीय २ पुरुषमा नयाँ भेरीएन्ट संक्रमणको नतिजा आउँदै गर्दा संक्रमित भने निको भएको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताए ।
‘उनीहरुको नमुना संकलन जेठको अन्तिम हप्ता भएको थियो । उनीहरु निको भैसकेका छन् । पालिका भित्र संक्रमण दर निराकरण गर्न उच्च सतर्कता अपनाइएको छ । ’ , अध्यक्ष थापाले भने ।
जनस्वास्थ्य प्रयोगशाला पोखराले जेठ ३१ गते गण्डकी प्रदेशबाट ५ वटा नमुना जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाएको थियो । ५ वटा नुमुना पठाइएकोमा ५ जना नै डेल्टा बि.१.६१७.२ (नयाँ भेरीएनट) पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निमित्त निर्देशक सपना सुवेदीले बताईन् ।
स्याङ्जाका २ पुरुष र गोरखाका ३ महिलामा नयाँ भेरियन्ट संक्रमणको नतिजा आएपछि जिल्लामा त्रास पैदा भएको छ । नेपालमा प्रयोगशाला नभएको कारण देशभरीबाट १३० वटा नमुना संकलन गरेर विदेश पठाइएको थियो । जसमध्ये ८० जनामा डेल्टा बि.१.६१७.२ पुष्टि भएको सुवेदीले बताईन् ।उनले भनिन् , ‘नमुना संकलन गर्ने र विदेश पठाउने प्रकयाले नतिजा आउन समय लागेको हो । ’
स्याङ्जामा नयाँ भेरीएन्ट देखिएको विषयमा विभिन्न संचार माध्यमले समाचार प्रकाशन गरेपछि जिल्लावासी त्रसित भएका छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.