बैँस हुदा मेरै लागि लड्दा लड्दै बाबा आज
पानी सम्म दिने भैन थलिदा नि बिहान साझ
सताएको सम्झिएर भोटो अनि जामा हेरि
बिलौना गर्दै होलिन, पिडि डिलमा आमा फेरि ।
दामको रोगी बाबा तिमी नभुलेर दवाइ खानु
कस्तो भयो होला बरौ उजेलिको गानु
कपास सरि सेतै बुडि भाकी आमा मेरि
छोरी आउछे भन्दै सधै बस्दीहौली बाटो हेरि ।
कति पिडा पाएउ आमा मलाइ जन्म दिदा खेरी
भकानिदै हौलीआमा बुडेश कालमा एक्लै हुदा खेरी
आफै दुखी बाबा मेरा गर्ने पिर मेरै धेर
सगरमाथा सरि उचो राख्ने छु तिम्रो सिर ।
सिता पाठक
धादिङ