एल.आइ .सि (नेपाल ) धादिङ शाखा द्वारा मृत्युदाबी बापत ३० लाख ५१ हजार ५ सय ६६ को चेक हस्तान्तरण ।

एल.आइ .सि (नेपाल ) धादिङ शाखा द्वारा एक कार्यक्रमका बिच मृत्यु दाबी भुक्तानी गरेको छ । शाखा कार्यालय धादिङका शाखा प्रमुख नरेन्द्र बिष्ट एवं एजेन्सी मेनेजर वेधनिधी पाठक द्वार स्वार्गिय चन्द्र लक्ष्मी श्रेष्ठका श्रीमान सुरेश श्रेष्ठलाई रु ३०, ५१, ५६६ रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
स्वर्गीय चन्द्र लक्ष्मीले करिब एक बर्ष आघी एल.आइ.सि (नेपाल ) धादिङ शाखाबाट १५ लाख बराबरको जीवन बिमा गर्नु भएको थियो । त्रैमाशिक रुपमा दुई किस्ता बापत रु ४९,८३८ रकम मात्र बुझाउनु भएको थियो । लुगा उठाउने क्रममा घरको छ्तबाट खसेर उहाँ मृत्यु भएकोमा मृत्यु दाबी अन्तर्गत बिमाङ्क बापत रु १५ लाख दुर्घटना बापत १५ लाख र सो अबधिको आर्जित बोनस सहित गरेर जम्मा ३० लाख ५१ हजार ५ सय ६६ को चेक बिमित एवं मृतकका श्रीमानलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दु:खद हुने तर सत्य भएकाले यस बाट हुनसक्ने आर्थिक क्षेती न्यूनीकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिनुभयो भने एजेन्शी मेनेजर बेधनिधी पाठकले बिमा सबैलाई उत्तिकै महत्त्वपूर्ण हुने भएतापनि बजारमा बिमालाई बिमितको हित तथा सेवा भन्दा पनि अभिकर्ताले आम्दानीको रुपमा मात्र बुझ्दा बिमितले सेवा तथा कतिपय अवस्थामा बिमाबाट बाहिर
रहनु परेको बताउदै बिमाका लागि एल.आइ .सि (नेपाल) उत्कृष्ट गन्तव्य भएको धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.