headline 1गण्डकीराजनीति

प्रतिनिधि बीच पूर्व मन्त्री अर्यालको प्रशंसा

महाधिबेशनमा देशभरबाट करिव २३०० प्रतिनिधि चितवनको सौराहा सहभागी भएका छन् । अहिले सौराहमा पद्मा कुमारी अर्याल बिशेष चर्चामा छिन् ।

मेरो दृष्टि संवाद्दाता
मङ्सिर ११
नेकपा एमालेको १० औँ माहाधिवेशनमा नयाँ नेतृत्वको नतिजा कस्तो आउला भन्ने ध्यान चितवनको सौराहा
तर्फ केन्द्रित भएको छ ।
देशभर वडा , नगर र गाउँ कमिटि सर्वसम्मत गरेको नेकपा एमालेको  केन्द्रिय कमिटीमा पनि सर्वसम्मतीको प्रयास जारी भैरहेको छ । यद्यपी , देशभरबाट नेकपा एमालेको नयाँ बन्ने नेतृत्वमा अधिकाशं नेताहरुको आकाक्षा बढ्दो छ । यसै सन्दर्भमा महिला नेतृहरुको पनि पदाधिकारीमा आकाक्षा बढेको देखिन्छ । नेकपा एमाले सत्तामा रहँदा भूमि व्यवस्था सहकारी तथा कृषि मन्त्रालय सम्हालेकी पूर्व मन्त्रि पद्मा कुमारी अर्यालको पनि सचिव पदमा चर्चा चलेको छ ।
तत्कालिन समयमा नेपाली काँग्रेसको बलियो उमेद्वार मानीएको गोपालमान श्रेष्ठलाई स्याङ्जा क्षेत्र नं २ बाट अर्यालले पराजित गराई विजय भएकी हुन् ।
महाधिबेशनमा देशभरबाट करिव २३०० प्रतिनिधि चितवनको सौराहा सहभागी भएका छन् । अहिले सौराहा पद्मा कुमारी अर्याल बिशेष चर्चामा छिन् ।
नेपालको गुमेको भूमिलाई नक्शामा सार्बजनिकीकरण , नेपाली प्राविधिक द्धारा सगमाथाको उचाइ मापन , अतिक्रमित जग्गाको सार्बजनिकीकरण , बंगालादेश बाट रासायनिक मलको आपूर्ति लगाएतको कामले सरकारलाई स्थापित गर्न सहयोग गरेको भन्दै प्रतिनिधिहरुले प्रशंसा गरेको देखिन्छ ।
महाधिबेशनमा सहभागी प्रतिनिधि , नेता तथा कार्यकर्ताको सहभागितले चितवबासी पनि खुशी भएका छन् । कोरोना संक्रमणले थलिएको पर्यटन व्यवसाय पनि यो अधिबेशनको कारण उकासिने यहाँका व्यवसायीहरुको विश्वास छ । सौरहामा पहिलोपटक यति ठुलो कार्यक्रम आयोजना गरिएको यहाँका होटल व्यवसायीको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.