headline 1गण्डकीदेश

२ महिना देखि श्रीमती वेपत्ता : भेटिईनन् सुनीता

बिस्तरामा थलिएका कुमाल भन्छन्,' बुहारी र नातीलाई देख्न नपाई मर्ने भएँ । '

सुशील सुवेदी
स्याङ्जा , २९ माघ

वालिङ ९ भुम्रे कि सुनिता गुरुङ घर छाडेको २ महिना भयो । ६ बर्षे छोरा विष्णु कुमाल सहित गत पुस १२ गते घरबाट हिँडेकी सुनीता अहिलेसम्म वेपत्ता छिन् ।
लश्रुमन कुमालको श्रीमती सुनीता गुरुङ छोरा सहित घरबाट हिँडे पछि श्रीमान् कुमालले वडा प्रहरी कार्यालय वालिङ मा निवेदन दिएका थिए । तर ,आमा छोरा हराएको २ महिना सम्म अत्तोपत्तो नभएपछि कुमाल परिवार चिन्तित बनेका छन् ।
लश्रुमन कुमालले ७ वर्ष अघि पाल्पा रामपुरकी सुनीता संग भागि विवाह गरेका थिए । लश्रुमनलाई सुनीताले आफ्नो माइती रामपुर भनेपनि अहिलेसम्म कुमालले ससुराली घर चिनेका छैनन् । कुमाल भन्छन्, ‘मेरो छोरा र बुढी खोजतलास गर्न प्रहरीलाई निवेदन दिएको छु , तर सुनुवाई भएन ।’

घरपरिवारको एक्लो छोरा कुमालको ६७ वर्षिय बुवा छविलाल कुमाल प्यारालाइसिसले थला परेको वर्ष दिन भयो । बिस्तरामा थलिएका कुमाल भन्छन्,’ बुहारी र नातीलाई देख्न नपाई मर्ने भएँ । ‘
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले सुष्म रूपमा खोजि कार्य भएको बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.