स्याङ्जाका २ पालिका देशकै उत्कृष्ट घोषित

नेपाल नगरपालिका संघले २९औं वार्षिक उत्सवको अवसरमा आइतबार पुतलीबजार र वालिङ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

सुशील सुवेदी
स्याङ्जा, फागुन ३०

स्याङ्जाका २ पालिका देशकै उत्कृष्ट नगरपालिका घोषणा भएका छन् । विभिन्न सुचकको आधारमा मूल्याङ्कन गर्दै नेपाल नगरपालिका संघले पाँच विधामा देशभरका ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो । २९औं वार्षिक उत्सवको अवसरमा आइतबार पुतलीबजार र वालिङ नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरीएको हो ।

संघले संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकालाई पुरस्कृत गरेको छ । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका , वन वातावरण तथा जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट घोषित भएको छ । यस्तै , स्थानीय आर्थिक विकासतर्फ हरिवन नगरपालिका पुरस्कृत भएको छ । समाजिक विकास तर्फ तिलोत्तमा र राप्ती नगरपालिका पुरस्कृत भएको हो ।

प्रधानमन्त्री शेर ब. देउवा बाट पुरस्कार ग्रहण गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलीप प्रताप खाँण

वालिङ नपा का दिलिप प्रताप खाँण , पतुलीबजार नपाका सीमा क्षेत्री, इलाम नगरपालिकाका महेश बस्नेत , राप्तीका प्रभा बराल, हरिवनका गणेश प्रसाइ , निलकण्ठका भीम ढुंगाना र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले उत्कृष्ट पुरस्कार ग्रहण गरेका थिए ।

नेपाल नगरपालिका संघले प्रकाशन गरेको नेपालमा संघीयता नामक पुस्तकको लोकार्पण गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालमा संघीयता’ ‘कोभिडमा नगरको भूमिका’ सम्बन्धी २ वटा पुस्तक लोकार्पण गरे । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बाहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताए । विकासको नाममा बातावरण लाई असर पुग्ने क्रियाकलाप गर्न नहुने बताउँदै देउवाले भने ,’आधुनिक शहर निर्माण गर्दा स्वच्छ, सुरक्षित आवासको निति अघि सारौं।’

प्रधानमन्त्री शेर ब. देउवा बाट पुरस्कार ग्रहण गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख सिमा कुमारी क्षेत्री

पुरस्कृत भएका नगरलाई बधाई दिंदै देउवाले भने ,’यस्ता पुरस्कार र सम्मानले नगर विकास र सुशासनको क्षेत्रमा सकरात्मक परिवर्तन आउँछ ।’

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.