सुशील सुवेदी
स्याङ्जा , ०६ वैशाख
आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा कुन पार्टीको उमेदवार को बन्ने भन्ने चर्चा चियापसलदेखि चौतारी सम्म हुने गरेको छ । स्याङ्जा जिल्लामा पनि सत्तारुढ दलको गठबन्धन र प्रतिपक्ष दलको नेकपा एमाले बिचको प्रतिस्पर्धा लाई निकै चासोको साथ हेरिएको छ ।
स्याङ्जामा नेकपा एमालेले ३ वटा स्थानिय तहमा उमेदवारको टुङ्गो लगाएको छ । ७४ सालको निर्वाचनमा सत प्रतिशत एमालले विजय हाँसिल गरेको आँधिखोला गाउँपालिकामा अध्यक्ष विश्व पौडेल र उपाध्यक्ष सिता थापालाई उमेद्वार बनाउने घोषणा गरेको हो । पौडेल नेकपा एमाले जिल्ला कमिटिका उपसचिव हुन् । थापा जिल्ला समन्वय समितिको सदस्य हुन् ।
यस्तै वालिङ नगरपालिकाको नगरप्रमुखको उमेदवार कृष्ण खाँण र उपप्रमुखको उमेदवार खगिसरा थापा घोषित गरिएको छ । नगरप्रमुखमा १० जनाको उमेदवारी रहेको वालिङमा खाँणलाई सर्वसम्मत निर्णय गरिएको नेकपा एमाले वालिङ नगरकमिटीका अध्यक्ष शोभकान्त पौडेलले बताए । खाँण जिल्ला कमिटीका उपाध्यक्ष हुन् भने थापा जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
हरिनास गाउँपालिकामा अध्यक्ष खिमनाराण मानन्धरले दोहोर्याउने भएका छन् । उपाध्यक्षमा ईन्द« कुमारी थापा सर्वसम्मत चएन भएकी छन् । बाँकी रहेको ८ पालिकाको पालिका कमिटीले टुङ्गो लगाउन नसकेपछि प्रदेश कमिटीमा सिफारिस पठाइएको नेकपा एमाले जिल्ला सचिव राजेन्द« डुम्रेले बताए ।
नेपाली काँग्रेसले भने गठबन्धनसँग सल्लाह भैरहेको कारण जिल्लाको कुनै पालिका टुङ्गो लगाउन सकेको छैन । राजनैतिक हिसाबले निकै महत्वपुर्ण मानिएको वालिङ नगरमा भने नेपाली काँग्रेसबाट को आउने भन्ने चर्चा चलिरहेको छ । वालिङबाट दिलीप प्रताप खाँण , भोजराज अर्याल , कल्पना तिवारी र केदार काफ्ले को चर्चा चलेको छ ।