headline 1गण्डकीराजनीति

चर्चामा रहेका स्मार्ट मेयर दुईहजार बढी मततान्तरले बने उपविजेता

सुशील सुवेदी

स्याङ्जा , जेठ ४

वालिङ नगरपालिका स्मार्ट नगरको रुपमा निकै चर्चित बनेको थियो । चर्चित बन्ने र बनाउने नगर कस्तो होला ? देशभर चासो थियो । वालिङका स्मार्ट मेयर दिलीप प्रताप खाँणको देशभर छुट्टै क्रेज थियो । बाहिरी चर्चा जत्ति थियो त्यत्ति असन्तुष्टि नगरवासीमा भएपनि मुख खोल्न सक्ने आँट कसैसँग थिएन ।

स्थानीय तहको निर्वाचन २०७९ को मत परीणामले वालिङको चर्चा र विकास कति भएको रहेछ भन्ने छर्लङ्ग पारेको छ । विभिन्न संचार माध्यममा स्मार्ट नगर र स्मार्ट मेयर भनिएका नगरप्रमुख दिलीप प्रताप खाँण २१८३ मतान्तरले निर्वाचनमा उपविजेता बनेका छन् । १३ हजार ७ सय ७६ मत प्राप्त गरेर कृष्ण खाँण वालिङ नगरको नगर प्रमुखमा बिजयी भएका छन् । २०५४ सालमा स्थापना भएको नगरमा २५ वर्ष पछि नेकपा एमालेको तर्फबाट वालिङ नगरपालिकाले नगरप्रमुख पाएको हो । यस्तै नेपाली काँग्रेसको तर्फबाट कविता गैह्रेले १२ हजार ८ सय २२ मत प्राप्त गरेर उपमेयर पदमा विजयी भएकी छन् । गैह्रेको प्रत्यासी नेकपा एमालेको तर्फबाट खगिसरा थापाले १२ हजार ३ सय ४० मत प्राप्त गरेर उपविजेता बनिन् ।

वालिङ नगरभित्र विगत ५ वर्षमा भएको विकास प्रति जनता सन्तुष्ट नभएको नगरबासीको भनाई छ । संघले हेर्ने काम स्थानीय तहले हेरेपछी नगरवासीले ५ वर्षसम्म सडको धुलो मात्रै खान पर्यो । विकासको योजना गाउँ केन्द्रित नहुँदा गाउँघरको सामान्य समस्या समाधान हुन नसकेको गुनासो नगरवासीको छ । यस्ता समस्याको पहिचान गरेर जनताको मनमनमा स्थानीय सरकारको अनूभूत गराउने आफ्नो लक्ष्य रहेको नव निर्वाचीत मेयर कृष्ण खाँणको भनाई छ ।

वालिङ नगरमा शासक नभई सेवक बन्ने संकल्प बोकेको छु खाँणले बताए । ‘विकासको मोडेल शहरबाट गाउँ होईन, गाउँबाट शहर केन्द्रित हुनेछ ,’ उनी भन्छन् , ‘अहिले मैले जत्ति बधाई पाएको छु त्यो पेश्की हो जनताले अर्को निर्वाचनमा र्फच्युट गर्नेछन ।नगरपालिकाको नाममा रहेको रातो नं प्लेटको सवारी साधनलाई सेतो बनाउने , जनताको घरदैलोमा खाएको बाचा पुरा गर्न कार्यक्रम अघि सार्ने र गाउँ केन्द्रित कार्यक्रम अघि बढाउने खाँणको प्रतिवद्धता छ ।

स्याङ्जा जिल्लाभर ६ गाउँपालिका मध्ये ५ पालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले विजय हाँसील गरेको छ भने अर्जुनचौपारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

यस्तै गल्याङ , चापाकोट , भिरकोट , पुतलीबजार मा नेपाली काँँग्रेसको मेयर र उपमेयरले विजय हाँसील गरेका छन् । वालिङ नगरपालिकामा भने मेयरमा नेकपा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली काँग्रेसका कविता गैह्रे विजयी भइन् ।

 

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.