headline 1गण्डकीदेश

ग्याँसको आयात रोक्न पालिकावासीलाई इन्डक्सन चुल्हो

ग्याँसको मुल्य वृृद्धि भएसँगै कालीगण्डकी गाउँपालिकाले ग्याँसको आयात प्रतिस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ ।

 

सुशील सुवेदी
स्याङ्जा , ११ जेठ

ग्याँसको मुल्य वृृद्धि भएसँगै कालीगण्डकी गाउँपालिकाले ग्याँसको आयात प्रतिस्थापन गर्न इन्डक्सन चुल्हो वितरण गर्ने भएको छ । पालिका भित्र बसोबास गर्ने झन्डै ४६०० घरधुरीलाई लक्षित गर्दै चुल्हो वितरण गर्ने कार्यक्रम अघि सारेको हो । नवनिर्वाचित गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको पदभार कार्यक्रममा गाउँवासीको ग्याँस सिलीन्डर लिने र इन्डक्सन चुल्हो दिने निर्णय गरिएको हो । निर्णयलाई आगामी गाउँसभाबाट पास गरेर लागू गरिने गाउँपालिकाका अध्यक्ष खिम थापाले बताए । ‘धुँवा रहित पालिका हाम्रो लक्ष्य , उच्च विद्युतीय प्रयोग हाम्रो उदेश्य हो ’, थापा भन्छन् ,‘विद्युतको पहुँच सवै घरधुरीमा पुर्‍याउन न्यूनतम विद्युतीय महसुल पनि पालिकाले तिर्नेछ । ’

यसअघि पनि थापाकै नेतृत्वमा गाउँपालिका भित्र २० युनिटसम्मको न्युनतम विद्युत्त् महसुल निशुल्क गरिएको थियो । वडा नं ५ को दलित समुदायलाई लक्षित गर्दै इन्डक्सन चुल्हो पनि वितरण गरिएको थियो । यो कार्यक्रम प्रभावकारी भएको भन्दै पुन गाउँपालिकाले पालिका भित्रको सवै घरधुरीमा विद्युतीय चुल्हो वितरण गर्ने भएको हो । यस अघि प्रभावकारी रहेको निशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई यो कार्यकालमा परिमार्जन गरिने भएको छ । गाउँपालिका भित्रका सवै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम पालिकाले तिर्दै आएको थियो । अव नागरिक मात्र होइन कालीगण्डकी भित्रका कर्मचारीको समेत स्वास्थ्य बीमाको प्रिमियम पालिकाले तिर्ने निर्णय भएको छ ।

यस्तै यहाँका प्रत्येक युवाहरुलाई आलमदेवी बहुप्राविधिक शिक्षालय मार्फत अनिवार्य सिपमुलक कक्षा संचालन गरेर रोजगारीको अवसर सिर्जना गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले दोस्रो पटक यस पालिकाको जिम्मेवारी पाएको र पदभार ग्रहण गरेकै दिन जनमुखी कार्यक्रम लागू गरेकोमा पालिकावासी खुसी छन् ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.