मेरो दृष्टि संवाददाता
गल्याङ , जेठ ११
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ को कार्यालय मोहन डाँडामा स्थापना गरिएको छ । ७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले तोकिएको स्थानमा वडा कार्यालय नराख्दा सास्थी पाएका सेवाग्राहीले अव भने सहज महसुक्ष्स गर्ने भएका छन् ।
यस अघि यहाँको वडा कार्यालय भएको स्थान र लेटरहेडमा हुने स्थान फरक थियो । सरकारी कागजातमा मोहन डाँडाको ठेगाना हुने भएपनि वडा कार्यालय भने जोगिमाराको आमा समुहको भवनमा राखिएको थियो ।
नव निर्वाचित वडा अध्यक्ष घनश्याम भट्टराईले पदभार ग्रहण गर्दै तोकीएकै स्थानमा वडा कार्यालय स्थापना गरिएको बताए । उनले भने , ‘सरकारी लेटर हेडमा वडाको ठेगाना भएअनुसार नै कार्यालय स्थापना गरेका छौ । अव राजनैतिक र भौगोलिक बिभेद अन्त्य गर्दै नागरिकको सेवामा काम गर्ने छौँ ।’
भट्टराइ भन्छन् , ‘जनताको आवश्यकता महसुस गरेर जनमुखी विकास निर्माणको काममा ५ वर्ष विताउनेछु ।’
यस वडामा नेकपा एमालेको तर्फबाट अध्यक्ष घनश्याम भट्टराई , सदस्य कुल बहादुर थापा , मन कुमारी सार्की र चन्द«कला गौँडेल तथा नेपाली काँग्रेसका तर्फबाट रेशम ब. थापा विजयी भएका हुन् ।
यस अघि मोहनडाँडा भनिएको कार्यालय निजी स्वार्थको लागि जोगिमारामा लगियो अब यहाँका वडावासीलाई भूगोल मिलेको स्थानीयको भनाई छ । पदभार कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष धन व. दर्लामी , नेपाली काँग्रेसका वडा सभापति तुलसीराम पाण्डे , सरस्वती आधारभूत विद्यालयका प्र.अ थानेश्वर न्यौपानेले नवनिर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।