headline 2आर्थिकगण्डकी

प्राइम लाइफ वालिङले मनायो बार्षिकोत्सव

मेदृ संवाददाता
वालिङ, जेठ २२
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी वालिङले १४ औं बार्षिकोत्सव मनाएको छ । शाखा कार्यालय वालिङमा आयोजित बार्षिकोत्सव समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य शोभाकान्त पौडेलले जिवन बिमा मानव जिवनको र पारिवारिक सुरक्षा को निम्ति अपरिहार्य रहेको बताए ।
प्राइम लाइफ इन्स्योरेन्स बिसं २०६५ जेठ २२ गते स्थापना भएको थियो । शाखा , उपशाखा र सम्पर्क गरी देशभरका १५३ स्थानमा कार्यालय संचालन छन् ।


उक्त कार्यक्रममा लक्ष्मी बैंकका प्रवन्धक मणी प्रसाद बस्याल, वालिङ उद्योग वाणिज्य संघका सचिव बाबुराम रेग्मी, प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशील सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
हाम्रो समाजमा एक ब्यक्तिको आम्दानीमा परिवार आश्रित हुन्छन्। कुनै कारण उसको मृत्यु भयो भने घरपरिवार संकटमा पर्छ । यदि उसले बिमा गरेको भए उसका परिवारले बीमालेख अनुसारको रकम प्राप्त गर्दछन् । त्यसैले जिवन बिमा अब घरघरमा हुन आवश्यक छ। वालिङ शाखाका प्रमुख पृथ्वी नारायण शर्माले बताए।
हिमाली जिल्ला मनाङ , मुस्ताङ र रसुवा वाहेक ७४ जिल्लामा यस कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
प्राइम जिवन उपहार, प्राइम शुभलाभ, नारी जिवन बिमा र पेन्सन योजना बिमितले निकै मनपराएको योजना हो ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.