headline 1देशराजनीति

आगामी निर्वाचन रणसंग्राम : रबि लामिछाने

‘सिद्धार्थ राजमार्ग देखाएर धेरै नेताहरु सासंद र मन्त्री बने तर राजमार्गको मुहार फेरिएन ,हाम्रो पार्टीले सके राम्रो गर्छ नसके नराम्रो गर्दैन ,’ लामिछानेले बताए ।

सुशील सुवेदी
स्याङ्जा , भदौ १७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आगामी मंसिर ४ को निर्वाचनमा रणसंग्राम हुने बताएका छन् । स्याङ्जाको वालिङ खेलमैदानमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले झण्डै डेढ सय पुराना नेताहरुको अन्तिम निर्वाचन हुने बताएका छन् । पुराना नेताहरु अब निर्वाचन नलड्ने बताउँदै लामिछानेले भने ,‘मंसिर ४ पुराना नेताहरुको अन्तिम चुनाव र युवा पुस्ताको पहिलो चुनाव हुनेछ । ’
‘सिद्धार्थ राजमार्ग देखाएर धेरै नेताहरु सासंद र मन्त्री बने तर राजमार्गको मुहार फेरिएन ,हाम्रो पार्टीले सके राम्रो गर्छ नसके नराम्रो गर्दैन ,’ लामिछानेले बताए ।
यस्तै पार्टीका सह महामन्त्री कबिन्द« बुर्लाकोटीले राज्यको माथिल्लो निकायमा नै भ्रष्ट्रचार हुने गरेको बताए । ‘बिदेश जानको लागि दश हजार लिने र पासपोर्ट बनाउन १५ हजार लिने रहादानी विभागलाई कार्वाही गर्न नसक्ने सरकारले देशमा के परिवर्तन गर्ला बुर्लाकोटीले बताए । ’
सोही अवसरमा पार्टीका प्रदेश सभापति डा.ढाका कुमार श्रेष्ठले चिकित्सा पेशा छाडेर आँफू राजनीतीमा आउन बाध्य रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान पुग्न सकेन , कतिले पैसा र पहुँचको अभावमा ज्यान गुमाएको देखेकोछु’ श्रेष्ठले भने , ‘एउटा बेड मिलाइदिनु न डा. साहब भनेर बिरामीले भन्दा धेरै पटक रोएकोछु । ’
कार्यक्रमकै अवसरमा स्वतन्त्र पार्टीको क्षेत्र नं २ को संघीय सासंदका उमेद्वार टिकराज गुरुङ र समानुपातिक उमेद्वार मेघ आलेले आगामी निर्वाचनमा उमेदवारी घोषणा गरेका छन् । यस्तै पालिका स्तरीय भेला फेदीखोला गाउँपालिकामा पनि सम्पन्न गरिएको छ ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.