headline 1

बालदिवसको अवसरमा लागू औषध विरुद्ध सचेतना

सुदिप सुवेदी
२८ भाद्र , स्याङ्जा
राष्ट्रिय बाल दिवस–२०७९ देशका सबै स्थानिय तहमा विभिन्न आयोजना गरि मनाईएको छ । यसै क्रममा वालिङका युवाहरुले लागू औषध बिरुद्ध सचेतनामुलक तथा अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता गरेका छन् । लागू औषधको प्रयोग विद्यार्थी जिवनबाट सुरु हुने कारण उनीहरुलाई लक्षित गर्दै सचेतनामुलक कार्यक्रमम गरिएको स्पन्दन क्लवका अध्यक्ष दिपक श्रेष्ठले बताए ।
वालिङ फुटसलमा आयोजित उक्त कार्यक्रममा जिल्लाको झण्डै एक दर्जन विद्यालयका विद्यार्थी सहभागी थिए । अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताले फरक फरक विद्यालयका विद्यार्थी बिच भाइचाराको सम्बन्ध बढ्ने एन्फा केन्दि«य सदस्य एल बी ज्वार्चनले बताए । फुटसल प्रतियोगितामा विजेता विद्यालयले नगद पन्ध्र हजा्र नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक आशिष थारु र मेडिकल अधिकृत डा. डम्मर बहादुर भण्डारीले सहजिकरण गरेका थिए ।
विभिन्न सामाजिक संस्था विद्यालयमा बाल अधिकार र यसको सरोकार निकाय खटिदै आएका छन् ।यद्यपी बालबालिकलाई उचित संरक्षण र पुर्ण सामाजिक सद्भावमा ढाल्न सकिएको देखिदैन । स्थानीय तहहरुले बालमैत्री नगर र समाज बनाउन प्रतिस्प्रर्धा गरेको भएपनि बालमैत्री बातावरणको अनुभव बालबालिकाले गर्न नपाएका वडा नं ९ का वडा अध्यक्ष अमृत श्रेष्ठले बताए ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.