सुशील सुवेदी
स्याङ्जा , ०५ असोज
नेकपा एमालेको सचिव तथा पूर्व मन्त्री पद्मा कुमारी अर्यालले सांस्कृतिक तथा जातीय पहिचान स्थापित हुन आवश्यक रहेको बताएकी छन् । चापाकोट मगर समाज भवनको उद्घाटन गर्दै सचिव अर्यालले साँस्कृतिक पहिचान सुदृढ बनाउन नेकपा एमाले कहिले पनि नजर अन्दाज गर्न नसक्ने बताइन् ।
चापाकोट बासीलाई सम्बोधन गर्दै अर्यालले आफ्नो कार्यकालमा नेपालको सिमा सुरक्षा, साँस्कृतिक पहिचान जगेर्ना लगायतका जिम्मेवारीमा आँफू कहीँ कतै नचुकेको बताइन् ।औद्योगिक ग्राम ,बसपार्क, सिटी हल ,सडक,मगर समाज हल,प्राविधिक शिक्षालय, पुल, पालिका भवन , इलाका प्रहरी कार्यालय , विद्यालय भवन, सहकारी भवन,गुप्त स्मृति भवन लगाएतमा आफ्नो भूमिका रहेको अर्यालको भनाई थियो ।
स्थानीय सरकारको समेत सहकार्य भएको भए थप विकास हुने बताउँदै अर्यालले भनिन् , ‘स्थानीय सरकारसँग सहकार्य हुन नसक्दा चापाकोट मा विकासको अभूतपूर्व लहर रहने मौका चुक्यो । ’
यस्तै , विश्व शान्ति दिवसको अवसरमा चापाकोट ९ मा गुप्त स्मृति भवनको उद्घाटन गर्दै अर्यालले अव विगतमा जस्तो द्धोन्द नेपालीहरुले सामना गर्नु नपर्ने बताइन् । उनले भनिन् ,‘मुलुक शान्ति प्रक्रियामा अघि बढेको छ । दश वर्षे सशस्त्र द्धन्द नेपाली जनताले भोग्नु पर्दैन । ’
सशस्त्र द्धन्दको बेला गुप्त बहादुर विश्वकर्मालाई विसं २०५८ कार्तिक १७ गते माओवादीद्धारा पीडादायी यातना दिइ हत्या गरिएको थियो । गंगालाल माबीको माध्यमिक तहको विज्ञान शिक्षक रहेका विश्वकर्मा दलित मुक्ति आन्दोलनको अग्रणी व्यत्तित्व थिए ।
हरेक वर्ष सेप्टेम्बर २१ विश्व शान्ति दिवस मनाउने गरिन्छ । नेपालमा भने विसं २०६५ सालदेखि आजकै दिनलाई शान्ति दिवसको रुपमा मनाइँदै आएको छ । खासगरी १२ बाह्र वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवातको खुशीयालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ ।
सोही अवसरमा पूर्व मन्त्री अर्यालले किसान प्राविधिक शिक्षालयको र सिटीहलको निरीक्षण समेत गरीन् ।
को हुन् गुप्त ?
निम्न वर्गीय दलित परिवारमा जन्मिएका गुप्त बहादुर विश्वकर्मा शैक्षिक हिसाबले शिक्षक थिए । सामुदायको लागि अगुवा समाजसेवी थिए । दलित परिवारको लागि दलित मुक्ति आन्दोलनको अग्रणी नेता थिए ।
नेकपा एमालेका तत्कालीन चापाकोट पाटीर्« सचिव समेत रहेका विश्वकर्मालाई ४० वर्षको उमेरमा २०५८ कार्तिक १७ गते बर्माले छेँडेर चापकोटमा नै हत्या गरिएको थियो । दर्दनाक र कहालीलाग्दो उक्त घटनालाई चापकोटबासीले अहिले सम्म बिर्सिन सकेका छैनन् ।